म एक महिला !

म एक महिला !

कपन अनलाइन

काठमाडौँ,पुस २७/आश्मा उपाध्याय/ कविता

पुरुषवादि सोँचलाई त्यागेर
महिला पुरुषको समानतालाई औंल्याउदै अघि बढेको
शिक्षित, विवेकशिल समाजको
म एक महिला !

हजुरबाको नातिनी,आमाको छोरी
गुरुको छात्रा, आमाको बुहारी
अनि श्रीमान्को श्रीमती रुपि
अनेकौं सर्वनामले सज्जिएकी
म एक महिला!

महिला कति सरल छ यो शब्द
छोरी,नातिनी भएर जन्मिएकी म बाबाको प्रेम प्यासी, लालायित पात्र
वरिष्ठहरुको विकासोन्मुख समाजको एक कोठामा
ओठले कलम च्याप्दै
महिला सशक्तीकरणको कुरा मनमा बुन्दै
महिला शब्दको अर्थ खोज्न पुगेकी
उहीँ पात्र
म एक महिला!
कहाँ रुमलिएको छ यो शब्दकोअर्थ
किन जाँदछ मेरो जीवन त्यसै व्यर्थ
घरमा भाईले पाउने जस्तैप्रेम आफुले नि हासिल गर्न
रात दिन संघर्ष गरिरहेकी अनि
नारी पुरुषको समानताका विषयमा गहकिला शब्द
अनि उत्कृष्ट शब्द संयोजनमा प्रकाशित पत्रीका छेउ मै राखेकी म
महिला शब्दको निर्माण
नारी जाती भित्रको मु लाई हेला गरिने भएकाले महिला शब्द बनेको आँकल नगर्ने
म एक महिला !

स्त्री भित्रको मलाई हेलारुपि विशेषणले सजाइन्छ
अनि महिला शब्दको जन्म हुन्छ मेरो मनले बताउँछ
बुहारी भनी चिनिएकी,
घरमा गृहमन्त्रीको व्यङ्गात्मक पद सम्हालेकी
तर परिवारकोसाथ नपाएर प्रसवकालको पिडामा नि
एक्लैअस्पतालको शैयामा छटपटाइरहेकी
मिना दिदिको मुहार मेरो मनमा छाउँछ
केही समयअघि महिला हिंसा विरुद्ध बोलिएका
भाषणले चोक,सहर थर्काएका
उहीँ दिदिको ससुराबाको आवाज मेरो कर्णबिच गुनगुनाउँछ
अनि हतारहतार मस्तिष्कले मेरो मनलाई बताउँछ
मध्य रातमा मदिराको मातमाआफ्नो पतिद्वारा पिटिएकी आमाको आँसु
आफ्ना कलिलाहातले पुछि दिएर बालापन कटाएकि
म एक महिला!

अहो! झस्किन्छुम
समाज परिवर्तन भैसक्यो
पुरुषबाट पीडित हुने महिलाको दिन गैसक्यो
समाजका हरेक मनिसमा महिला पुरुषबिच समानताको भाव छाइसक्यो

म दुविधा पर्छु!
मनमा चलेका शीत युद्धबिच खिसृक्क पर्छु
अनि पुनःआफैंलाई प्रश्न गर्छु
के समाज साँच्चै परिवर्तन भयो तर
परिवर्तित फुस्रे खोल ओढेको समाज भित्र
अस्ति मात्रै छिमेकिको यौन शोषणबाट पीडित भएकी साथीकिमित्र,
बोक्सिको आरोपमा पिटिएकि आमाकी छिमेकी
अनि तेजाबबाट रंगिएकिदिदी की बहिनी
म एक महिला !

तपाइँको प्रतिक्रिया ।