प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबार बाट सुरु

प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबार बाट सुरु

कपन अनलाइन

काठमाडौँ, पौष २७। गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले आयोजना गरेको  प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिता  शनिबार बाट सुरु भएको छ । इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य  राखेर प्रतियोगिता संचालन  गरिएको हो ।

इष्ट पोल माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी लायन्स क्लब अफ काठमाडौं मनोहराका लायन श्याम रुपाखेती सामाजिक अभियन्ता इश्वर पुडासैनी, इष्ट पोल माविका प्रिन्सिपल राजेश राइ, भाइस प्रिन्सिपल प्रकाश अधिकारी,कार्यक्रम संयोजक सुदर्शन घिमिरे लगायत बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि ,खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता इष्ट पोल माबी व्यवस्थापन समिति अध्यक्ष इश्वर प्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य  राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आयोजकलाइ धन्यबाद दिएका थिए। उनले   स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए । उनले उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउनु बताए। उनले गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकता राखेको हुदा विभिन्न् प्रतियोगिताहरु संचालन हुदै आएको समेत जानकारी गराए। उनले फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने बताए ।उनले नगरपालिकाले खेल मैदान बनाउनको लागि आवश्यक पहल समेत गरिरहेको बताएका थिए। उनले प्रतियोगिहरुलाई अनुशासनमा रहेर खेल्न अनुरोध गर्दै इष्ट पोल माबी २५ औं वर्षमा पुगेकोमा बधाई तथा शुभकामना समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले आयोजक लाइ धन्यबाद दिदै इष्ट पोल माबी २५ औं वर्षमा प्रवेश गरेको मा बधाई तथा थप सफलताको शुभकामना दिएकी थिइन्। उपमेयर शान्ती नेपालले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। ‘सबै खेलका खेलाडीहरु विद्यालयबाट नै उत्पादन गर्ने अभियानमा लाग्नुपर्छ, उपमेयर नेपालले भनिन्, विद्यालयस्तर जग हो। जग बलियो भयो भने घर बलियो हुन्छ।’ उनले खेलाडीहरुलाई अनुशासनमा रहेर खेल्न अनुरोध समेत गरेकी थिइन् ।

सभाध्यक्षको आसन बाट बोल्दै इष्ट पोल मावि व्यवस्थापन समितिका अध्यक्ष इश्वर सापकोटाले उपस्थित  सबैलाई धन्यबाद दिएका थिए।  उनले इष्ट पोल माविले बिद्यार्थी खेलाडीको मानसिक बौद्धिक तथा शारीरिक बिकासका लागि खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको पनि बताए।  उनले बिद्यालय नियमित रुपमा खेलकुद लगायत अन्य सृजनात्मक कार्यक्रम गर्दै बढी भन्दा बढी बिद्यार्थीहरुलाई सहभागी गराई उनीहरुको क्षमता विकास गर्न लागि  परेको पनि बताए।। उनले २५ वर्ष पुगेको अवसरमा प्रतियोगिताको आयोजना गरिएको पनि बताए ।उनले बिद्यालय २५ औँ वर्ष सम्म संचालन गर्नको लागि सहयोग गर्ने सबै शिक्षक अभिभावक बिभिन्न संघ संस्था सबैलाई धन्यवाद दिएका थिए। उनले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए । इष्ट पोल माबी उक्त क्षेत्रको उत्कृष्ट बिध्यालय मध्येको एक हो । प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले रेफ्रीलाइ बल हस्तान्तरण सहित उद्घाटन गरेका थिए ।

शनिबार भएको छात्रा तर्फको  पहिलो उद्घाटन  खेलमा आयोजक इष्ट पोल माविले  ब्राइट जोन स्कुललाई टाईब्रेकरमा १-० गोल अन्तरले पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो ।अर्को  खेलमा नेपालयले मनकामना माबिलाई ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ  । शनिबार नै भएको अर्को खेलमा विट्स एकेडेमीले एकता जेम्सलाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित  गरेको थियो त्यसै गरि सोहि दिन भएको अर्को खेलमा

 तारा सदनले विपुल शिक्षा निकेतन ४-०को भारी गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ  । शनिबारनै  भएको अन्तिम खेलमा छहारी शिक्षा सदन र लर्ड्स लाइटबीच भएको थियो सो खेलमा छहारी शिक्षा सदनले लर्ड्स लाइट लाइ २-० गोलले पराजित गरेको थियो  ।प्रतियोगितामा १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।

माघ २ गते सम्म जारी रहेने प्रतियोगितामा प्रतियोगीतामा प्रथम  र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको छ भने  आज छात्र तर्फको खेलहरु संचालन गरिने कार्यक्रम संयोजक सुदर्शन घिमिरेले कपन अनलाइनलाइ बताए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।