गजल (पुरुषोत्तम नेपाल )

गजल (पुरुषोत्तम नेपाल )

कपन अनलाइन

काठमाडौं ,पौष २६/पुरुषोत्तम नेपाल

सुन्छु बजार भरि मेरै कुरा काट्दै छौ रे ।
दुनियाँलाई झुक्याउन तिमी ढाँट्दै छौ रे ।

पछाडि तिमीले मलाई गाली गर्दा ।
नपत्याउने कसैले गफ छाँटदै छौ रे ।

ए मित्र आफ्नै बढाईं गर्नु बरु ।
इमानलाई रकममै तिमी साट्दै छौ रे ।

म त आफ्नै बाटो हिँड्छु गफ सुन्ने फुर्सद छैन ।
बिचरा दुनियाँको दिमाग चाट्दै छौ रे ।

किन गर्नु कोकोहोलो भन मेरै अघि बरु ।
मलाई सिध्याउने आशा सबैतिर बाँट्दै छौ रे ।

तपाइँको प्रतिक्रिया ।