बिदुर नगरपालिकामा पुस २७ गते सार्वजनिक बिदा
कपन अनलाइन
नुवाकोट,पुस २३ ।नुवाकोटको बिदुर नगरपालिकाले पुस २७ गते आइतवारका दिन सार्वजनिक विदा दिने भएको छ ।
पुस २७ गते नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म उत्सवको रूपमा मनाउन बिदुर नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेको हो ।
नगरको पाँचौ अधिवेशनबाट आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।
सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय, विद्यालय तथा शैक्षिक संस्थान सबै बन्द रहने उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।