नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाद्वारा बुढानीलकण्ठ नगरपालिकालाई विपद व्यवस्थापनका सामाग्री हस्तान्तरण
कपन अनलाइन
काठमाडौं,पुस २० । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाद्वारा बुढानीलकण्ठ नगरपालिकालाई विपद् व्यवस्थापनका लागि अतिआवश्यक सामाग्रीहरु प्रदान गरेका छन् ।
२०७६ मंसिर १० गते सम्पन्न गरिएको कार्यक्रम अनुसार सन् २०१६ सेप्टेम्बर देखी अगस्ट ३०, २०२१ सम्म सञ्चालन हुने उत्थानशील नगर प्रवर्द्धन र सहभागिता, Strengthening Urban Resillence and Engagement (SURE) कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकासँगको समन्वय र सहकार्यमा विपद् व्यवस्थापनका लागि विभिन्न किसिमका गतिविधिहरु सञ्चान हुँदै आइरहेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ प्रहरी प्रभाग र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा विपद व्यवस्थापन सम्बन्धि जानकारीमूलक तथा निकैनै प्रभावकारी कार्यक्रम सम्पन्न गरिसकिएको छ।
नेपाल रेडक्रस सोसाइटिका मन्त्रि तथा उक्त संस्थाबाट आएका टोलीहरुद्वारा उक्त सामाग्रिहरु बुनपाका प्रमुख उद्धव खरेललाई हस्तान्तरण गरिएको थियो।
बुनपाको कार्यलयमा हस्तान्तरण गरिएको उक्त सामाग्रीहरुको प्रयोग तथा परिचालनका लागि बुढानीलकण्ठ नगरपालिका भवनमा त्यसै सम्बन्धि नगर प्रहरीहरुलाई तालिम प्रदान गरिएको थियो।
पुस १८ गते भएको उक्त तालिम प्राप्त भएपश्चात् विपद व्यवस्थापनका लागि नगरप्रहरीहरु सक्षम रहेको वातावरण शाखाका प्रमुख बिनोद पाठकले जानकारी दिए ।
फोटो सौजन्य: बिएसजी