गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शुरु

गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शुरु

कपन अनलाइन 

काठमाडौँ,पौष १९ गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ४ मा अबस्थित “गोकर्णेश्वर युवा उपकार क्लब” ले आफ्नो स्थापनाको ३० औ बार्षिक उत्सबको अवसरमा आयोजना गरको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता आज बाट सुरु भएको छ ।

२०४६ साल पौष २१ गते स्थापना भएको क्लब ३० औं वर्षमा  प्रवेश गरेको उपलक्ष्यमा  क्लबका सदस्य बीच युगल टिम इभेन्टमा खेलाइन लागेको उक्त प्रतियोगीतामा  कुल  ११ टिमले सहभागिता जनाएको  प्रतियोगीतका  संयोजक कृष्ण प्रसाद श्रेष्ठ (अनिल)ले कपन अनलाइनलाइ बताए।प्रतियोगिताको आज भएको उद्घाटन खेलमा राजु कर्माचार्य र रामहरी श्रेष्ठको जोडीले ज्ञान कुमार श्रेष्ठ र धन बहादुर श्रेष्ठको जोडीलाइ २१-१८ र २१-१८ को सोझो सेटमा पराजित गरेको छ।

कुल १४ वटा खेल रहने प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई सिल्ड, मेडल र प्रमाण पत्र सहित नगद पुरस्कार  प्रदान गरिने छ ।४ समूह बनाइ लिग कम नक्आउटमा खेलाइने प्रतियोगिताको फाइनल खेल पौष २१ गते संचालन हुने छ ।गोकर्णेश्वर युवा  उपकार क्लबले निरन्तर रुपमा बिभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएको छ ।

क्लबको स्थापना दिवसको अवसर पारेमा ब्याडमिन्टन प्रतियोगिताको साथै अन्य सामाजिक कार्य गर्दै मनाउन लागेको क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।