छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गते देखि हुने

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गते देखि हुने

कपन अनलाइन 
काठमाडौं, पुस १९ गते ।

नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए । २० पुरुष र ६ महिला गरी २६ राइडर एकदिने प्रतियोगितामा सहभागी हुने छन् । महिला खेलाडीको भने प्रतिस्पर्धा नभइ प्रोत्साहनका लागि स्पर्धा राखिएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको पुरस्कार राशी समान राखिएको छ । पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । महिलामा सहभागी सबैलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा घोडचढी संघ र तीन फरक संस्थासंग प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । संघका अध्यक्ष कर्णिकार, टिभीएसका सेल्स एन्ड विजनेश डेभलोप्मेन्टका जीएम दिपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी र  मित्सुविसी र लिओन मोर्टसका प्रतिनिधि निभा सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रायोजन वापत कतार एयरले नेपालदेखि जुनसुकै देशका लागि आतेजाते २ थान हवाइ टिकट संघलाई विक्री गर्न दिने भएको छ । बाँकी दुई संस्थाले संघलाई समान २–२ लाख प्रायोजन गर्ने भएका छन् ।

छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते पौष २७ देखि
नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवशरमा छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिशियलहरु  सहभागिता रहनेछ ।

पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०,२३,२५,२७,३०,३३,३५,४० र पुरुष कै सिनियर तर्फ (४५,(५०,(५५,(६०,(६७ (७५,(८४ ं८४ किलोका साथै एकल काता र टिम काता गरी १८ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २०,२३,२५,२७,३०,३३,३५,४० र महिला कै सिनियर तर्फ (४५,(५०,(५५(६१ ,६७,ं६८ किलो तौल समुहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदकका निम्ति प्रतिस्पर्धा  हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ईश्वरु ले जानकारी गराए ।

यस शाखा डोजो नक्सालले यस अघि आफ्नो २० बर्षे यात्रा पुरा गर्दै २० वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेका छन भने गत बर्ष सन्चालन भएको पाँचौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो ६ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित टिम प्रथम भएको थियो ।
शाखा डोजो नक्सालद्धारा प्रत्येक बर्ष निरन्तर सन्चालन भईरहने यस बर्षको यो प्रतियोगिता समग्रमा नक्सालको २१ औं कार्यक्रम हो । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्युमा  संचालन हुनेछ ।

फोटो ;
१. छैटौं राष्ट्रिय घोडचढी बारे जानकारी गराइदै ।
२. छैटौं राष्ट्रिय घोडचढीको प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर पछि संघका अध्यक्ष रवि राजकर्णिकार र प्रायोजक संस्थाका प्रतिनिधि ।

तपाइँको प्रतिक्रिया ।