शंखरापुर नगरपालिका सलम्बुटारमा रहेको द्वन्द पिडित तथा अपाङ्ग समाज नेपाललाइ सहयोग
कपन अनलाइन
काठमाडौं पौष १९ । समुन्नत महिला मन्च कागेश्वरी ८ र लायन्स क्लब अफ काठमाडौं दर्पण द्वारा संयुक्त रुपमा शंखरापुर् नगरपालिका सलम्बुटारमा रहेको द्वन्द पिडित तथा अपाङ्ग समाज नेपाललाइ सहयोग गरेको छ। पौष १७ गते उनीहरुले संस्थामा नै पुगेर जाडोको लागि न्यानो लत्ताकपडा तथा आवश्यक खाद्यान्न सामग्री वितरण गरेका थिए ।
उनीहरुले जाडोको लागि सिरक, डस्ना तथा ज्याकेट ,सुत्नको लागि खाट सहित खाद्यान्न समेत सहयोग गरेका थिए ।द्रन्द पीडित अपाङ्ग समाज नेपालका संचालक नै आफै अपाङ्ग भएर पनि ४१ जना सबै अपांगहरु लाई बिगत ९ बर्ष देखी हेर चाह गर्दे आएका छन् ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्तमान प्रेसिडेन्ट लायन ठण्ड राज ठकुरी (राजन) ,जानकी बज्राचार्य ,अनिता चौलागाईं दुर्गा खनाल, रज्जु गुरुङ, हरि कृष्ण पुडासैनी, बालिका सिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।