दुई मुक्तक !

दुई मुक्तक !

कपन अनलाइन

काठमाडौं,पुस १८/ लीलाराज दाहाल

या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त उसको कुरा प्रेमिकाले नमानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या त प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ ।

आस्था र बिश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी अव यो दुनियाँमा इमान रहला
मूर्ख र लठैत पो अचेल खाँटी पण्डित देखिन्छ !

तपाइँको प्रतिक्रिया ।