लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त रुपमा आयोजित डिजी फेलोशिप तथा बनभोज कार्यक्रम सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त रुपमा आयोजित डिजी फेलोशिप तथा बनभोज कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष १५ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब हरुले संयुक्त रुपमा डिजी फेलोशिप तथा बनभोज कार्यक्रम  सम्पन्न गरेको छ।  बिभिन्न लायन्स क्लबका सदस्यहरु बीच सामुहिक भाईचारा मित्रता र एकता  विकासका लागि पौष  १२ गते अर्थात्  डिसेम्बर २९ तारिखका दिन शंखरापुर नगरपालिका साँखु स्थित सलम्बुटारमा उक्त  वनभोज कार्यक्रम आयोजना गरिएको हो ।

 कार्यक्रममा प्रमुख अथिति जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला रहेका थिए भने बिशेष अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि२  का डिस्ट्रिक गभर्नर लायन  अनुप पहारी, जी एस टि मल्टीपल कोर्डिनेटर लायन  सुनिल भक्त श्रेष्ठ ,इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल,पास्ट डिस्ट्रिक्ट गभर्नर लायन कुमार राज सुवेदी,  चिफ इभेन्ट म्यानेजमेन्ट लायन जयराम बिष्ट लगायत बिभिन्न क्लब का प्रेसिडेन्ट सहितका लायन्स सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन राजन खत्री(इन्द्र)ले गरेका थिए  भने कार्यक्रम संचालन  डिस्ट्रिक चियरपर्सन लायन राजन श्रेष्ठले गरेका थिए ।कार्यक्रम को उद्घाटन संयुक्त रुपमा  डिजी फेलोशिप लेखिएको  बेलन उडाएर गरिएको थियो ।

 देश भरि छरिएर रहेका डिस्ट्रिक्ट ३२५ ए१का  लायन्स सदस्यहरु बीच भेटघाट, मेलमिलाप , समन्वयात्मक एबम सकारात्मक भावनाको उजागर गर्न र  आपसी  भेटघाटलाइ फलदायी बनाउन उक्त कार्यक्रम आयोजना गरिएको जोन चियर पर्सन अच्युत बिष्टले  बताए ।कार्यक्रममा खानपान ,मनोरंजन मात्र नभएर लायन्स क्लबले गर्दै आएको सामाजिक र मानवीय सेवा कार्यलाई  अझ परिस्कृत  र उन्नत कसरी बनाउन सकिन्छ भन्ने बिषयमा पनि लायन्स लिडरहरु बीच अनौपचारिक छलफल  समेत गरिएको कार्यक्रमका सह संयोजक एबम जोन चियरपर्सन माधब कार्कीले  बताए ।

 कार्यक्रममा बोल्ने बक्ताहरुले लायन्स सदस्यहरु बिचमा एकताको अनुपम उदाहरण कायमै राखी आपसी भाइचारा सम्बन्धको सौहार्दतापुर्ण बिनिमयलाई अझै उच्च राख्नमा बनभोज कार्यक्रमले ठूलो टेवा पुर्याउने बताएका थिए ।कार्यक्रममा सहभागीहरुलाई गाउखाने कथा  घैटो  फुटाइ लगायतको खेल पनि समाबेश गरिएको र बिजेतालाइ नगद पुरस्कार समेत प्रदान गरिएको थियो। त्यसै गरि सो कार्यक्रममा  सबैभन्दा धेरै  क्लबका सदस्यहरुसहभागी गराए मार्फत लायन्स क्लब अफ काठमाडौं डाँफेलाइ सम्मान गरिएको थियो। लायन्स क्लब अफ काठमाडौं डाँफे बाट २५ जना सहभागी भएका थिए भने जोन बाट अच्युत बिष्ट लाइ पनि सम्मान गरिएको थियो। उनको जोन बाट ३८ जना सहभागी भएका थिए।

कार्यक्रममा  उत्कृष्ट कार्य गर्नेहरुलाई गभर्नरको हात बाट प्रसंशा पत्र र लायन्स पिन  बाट सम्मान गरिएको थियो ।कार्यक्रममा   कार्यक्रम संयोजक एबम जोन चियर पर्सन अच्युत बिष्टले धन्यवाद ज्ञापन गरेका थिए।  औपचारिक  कार्यक्रम पश्चात  फेलोशिपमा रमाएका थिए ।यस संगै डिजी फेलोसिप तथा बनभोज कार्यक्रम काठमाडौं बाट सुरु भएको हो।

तपाइँको प्रतिक्रिया ।