माघ १ गते हुन लागेको छैठौं तारेभिर महोत्सवको तयारी बैठक गोकर्णेश्वर नगरपालिकामा सम्पन्न

माघ १ गते हुन लागेको  छैठौं तारेभिर महोत्सवको तयारी  बैठक गोकर्णेश्वर नगरपालिकामा  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १५ ।काठमाडौं उपत्यकाको  उत्तरी शिर शिवपुरी पर्वत श्रृङखलाको महत्वपुर्ण स्थन तारेभिरमा हरेक वर्ष माघ १ गते हुने तारेभिर महोत्सवको तयारी शुरु भएको छ। तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको छ। छैठौ तारेभिर महोत्सबको तयारीको लागि पौष १३ गते गोकर्णेश्वर नगरपालिकामा तयारी बैठक सम्पन्न  भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न उक्त तयारी भेलामा प्रदेश सभा सदस्य रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, तत्कालिन बालुवा गाबिस अध्यक्ष एबम नेकपा नेता उद्दब बिष्ट महोत्सब आयोजक मूल कमिटिका अध्यक्ष हर्क तामांग  नेकपा नेता गोकुल बिष्ट वडा सदस्यहरु   लगायत  स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको सो तारेभिरमा  स्थानीय उत्पादन , कला संस्कृती र पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको सो महोत्सवमा स्थानीय महिला समुह , संघ संस्था तथा स्थानीय वासीहरुको सहभागीता रहने छ।यातायात र अन्य पुर्वाधारको कमिका कारण निकै कष्ट भोग्दै आएका सो क्षेत्रका वासिन्दाहरु महोत्सवका कारण ब्यापार र पर्यटक आवागमनमा वृद्धि गर्न महोत्सवले ठुलो भुमिका निर्वाह गर्ने आयोजकको भनाइ रहेको थियो    ।   उक्त तयारी बैठकमा छैंठौ तारेभिर महोत्सबले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाइ समेत सहयोग पुर्याउने हुँदा सो महोत्सब भब्य रुपमा मनाउने बिषयमा छलफल भएको थियो ।

महोत्सब आयोजक मूल कमिटिका  अध्यक्ष हर्क तामाङले आफ्नो गाँउलाई चिनाउने उदेश्यका साथै गाँउलाई सामाजिक आर्थिक र धार्मीक रुपमा समेत आफ्नो  पहिचानलाई समेत उजागर गर्न महोत्सब महत्वपूर्ण माध्यम भएको बताए । महोत्सवमा स्थानियका व्यापार व्यवसाय र कृषि क्षेत्रका उत्पादनहरु स्टलमा रहनुका साथै स्थानिय कलाकारले सांस्कृतिक कार्यक्रम गर्दै बेजोड प्रस्तुती दिने  पनि तामाङले बताए ।

काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको भन्दै त्यस ठाँउको धार्मीक सांस्कृतिक पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सवको तयारी  भइरहेको प्रदेश सभा सदस्य रामेश्वर फुयालले बताए। उनले त्यस क्षेत्रमा भएका व्यावसायिक उत्पादनहरु, कृषी लगाएतका उत्पादनमा समेत पछि परेकोले महोत्सवले अरु क्षेत्रबाट आउने पाउनाले समेत त्यसको जानकारी लिदै भोलीका दिनमा बजारीकिरणमा समेत सहयोग पुगी गाँउ नै विकास र समृद्धीको बाटोमा जान सक्ने बताए । उनले अब स्थानियले नै आफना धर्म संस्कृतिलाई बचाई राख्न आफै जागरुक हुनु पर्ने  पनि बताए । नेपाल सरकारले लिएको भ्रमण बर्ष २०२० लाई समेत टेवा पुग्ने किसिमले उक्त महोत्सब गर्न लागीएको जानकारी गराए । उनले आन्तरिक तथा बाह्य -प्रयर्टकलाई लक्षित गर्नुका साथै तारेभिरको विकासका लागी समेत महोत्सब फलदायी हुने बताए ।

फुयाँलले हिजोका दिनमा काठमाडौंबाट नजिक भएतापनि सडक समेत नपुगेको ठाँउमा स्थानिय वासी र तात्कालीन प्रतिनिधिहरुको सक्रियतामा सडक संजाल पुर्याई  आज ६ औं महोत्सब गर्ने अभियानमा जुटिरहेको भन्दै तारेभिर क्षेत्रका तामाङ जातीका धार्मीक सांस्कृतिक एव्म जातिय भेषभुषा र पहिचानलाई समेत उजागर गर्न महोत्सबले महत्बपूर्ण भुमिका खेलेको जानकारी दिए ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  महोत्सबले स्थानिय जनतामा उत्साह छाएको भन्दै आगामी दिनमा पर्यटकीय क्षेत्रमा विस्तार गर्दै स्थानिय लाई आत्म निर्भरको बाटोमा डोर्याइ स्थानिय उत्पादनलाई बजारिकिकरण गर्ने ,होम स्टे संचालन हेली प्याड निर्माणका  साथै पर्यटकलाई पैदल यात्रा गर्ने बाटो निमार्ण गर्ने  सोच सहित  नगरपालिका सबै संग सहकार्य गरि अघि बढ्ने बताए।

। उनले स्थानिय धर्म संस्कृति साथै बस्तु तथा उत्पादनको उजागर गर्ने उदेश्य अनुरुप महोत्सब आयोजना  गर्न लागिएको मा खुसि ब्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए । उनले भ्रमण वर्ष २०२० पनि परेको हुँदा  महोत्सवलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन स्थानिय जागरुक हुनुपर्ने बताए ।पहिलो महोत्सव शुरु गर्दा सो स्थानमा पक्की सडक निर्माण गरि यातायातको ब्यवस्थापन गर्ने बताएका फुयालको पहल र वर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राइको सक्रियतामा सो क्षेत्रमा सडक कालोपत्रे भैरहेको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले भुइ स्याउको पकेट क्षेत्र बनाउने घोषणा गरेको तारेभिर तामाङ संस्कृतिको केन्द्र पनि हो ।काठमाडौं उपत्यकाको अन्य पर्वत श्रृङखला भन्दा विकासमा पछि परेको उत्तरी भेग तारेभिरमा आयोजना हुने महोत्सवमा यस पटक फोटो सिविर , साहित्य सिविर लगायतका रचनात्मक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।