गजल

गजल

कपन अनलाइन

काठमाडौँ, पुस ११ / लक्ष्मी ढकाल

के छ भनि नसोध्नु यि जिन्दगीका हालहरु!
बताउन मिल्दैनन् सबै सोधिएका सवालहरु!

विश्वासले बाँध्छ संसार अपरिचित प्यारो बन्छ,
थाहै नपाई ढलिदिन्छन् विश्वासका पर्खालहरु !

सबको पालो पक्कै आउँछ भन्नुहुन्थ्यो बाले पनि,
खै १ पर्खाईमा लाइन बस्दै फूलिसके कपालहरु !

आज नखाएरै भए पनि केहि अंश बचत गर्नुहोस्
यहाँ आरामसँग ढल्न दिन्नन् अन्तिम ब्रह्मनालहरु !

हजुर थोरै भ्रम पोखौँ भनि किन कोशिस गर्नुहुन्छ,
मलाई आउदैन दायाँबायाँ झुक्याउने ति जालहरु!

 

तपाइँको प्रतिक्रिया ।