कामपा ७ का विकास निर्माणमा मेयर शाक्य र डा. भट्टराईको चासो

कामपा ७ का विकास निर्माणमा मेयर शाक्य र डा. भट्टराईको चासो
कपन अनलाइन
काठमाडौँ,पुस ९ काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र प्रधानमन्त्री केपी शर्मा वलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, नेकपा प्रदेश नं ३ का सदस्य निर्मल कुईकेल, कामपा ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, वडासदस्य निर्मला पुडासैनी, कृष्णमणी भट्टराई, कृष्ण प्रसाद घिमिरे, चन्द्रकला सुन्दास लगायतको टोलीले काठमाडौं महानगरपालिका वडा नं ७ का विकास निर्माण कार्यको  स्थलगत अनुगमन गरेका छन् ।
स्थलगत अवलोकन सडक निर्माणका काम कहाँ कसरी भएका छन् ? ढललाई कसरी व्यवस्थित गर्ने ? जथाभावि रहेका बत्तिको तारहरुलाई कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा केन्द्रित रहेको थियो ।
 मित्रपार्कबाट शुरु गरिएको अनुगमन उमाकुण्ड मार्ग वरपर निर्माणाधिन सडक, ढल, तथा खानेपानी तथा रिटेलिङ वाल कसरी निर्माणको निरिक्षण गरिएको थियो ।
गौरिनगर मार्गको सडक ढलान र पानी जाने स्ल्याब राखेको निरिक्षण, मैजुबहाल मार्ग सडक निर्माण अवलोकन गर्दै सडकका पोलहरु कसरी सार्ने लगायतका विषयमा समेत छलफल गरिएको थियो ।
वडा नं ७ स्थित रहेको पशुपति मित्र मावि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरबारे जानकारी लिदै गुणस्तरिय शिक्षा दिन आग्रह समेत गरिएको, बाल व्यवसायी केन्द्रीय विद्यालय शिफलमा शिक्षाको गुणस्तर कस्तो छ भनेर अनुगमन गरिएको थियो ।
सिफल चौरलाई खेलकुद ग्राउण्ड बनाउने र छेउभागमा पार्क समेत निर्माण गर्न आवश्यक रहेको विषयमा छलफल गरिएको थियो ।
अनुगमनमा विभिन्न स्थानीय टोल सुधार समिति, युवा क्लबका प्रतिनिधी, ज्येष्ठ नागरिक समाजका प्रतिनिधी, मैजु हाईट सडक निर्माण अनुगमन समितिका पदाधिकारी लगायत स्थानीयहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।