बुढानिलकण्ठ नगरपालिकाको संचार माध्यम लक्षित बिज्ञप्तीमा जनप्रतिनिधि माथि गम्भीर आरोप

बुढानिलकण्ठ नगरपालिकाको संचार माध्यम लक्षित बिज्ञप्तीमा जनप्रतिनिधि माथि गम्भीर आरोप

कपन अनलाइन

काठमाडौँ ,पौष ९।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख द्वारा केही संचार माध्यममा प्रकासित समाचारको खन्डन गर्दै निकालेको बिज्ञप्तीमा आफ्नै जनप्रतिनिधिहरु माथी भ्रस्टाचारको गम्भीर आरोप लगाइएको  छ।संचार माध्यमले कुनै प्रसंगमा उल्लेख नगरेका जन प्रतिनिधि भन्ने शव्द बिज्ञप्ती मा आउदा यसले गम्भीर प्रश्न जन्माएको छ।

बुढानिलकण्ठ नगरपालिकाका मालदार शाखामा लामो समय देखी बसेका केहि कर्मचारीहरुका वारेमा प्रकासित समाचारमा कुनै जनप्रतिनिधिको वारेमा उल्लेख गरिएको छैन ।

हेर्नुहोस समाचारको लिंक :

बुढानिलकण्ठमा सुशासनका चुनौती “ग्यांग अफ फोर”

तर चोरको खुट्टा काट भन्दा उचाले झै स्वयम् नगर प्रमुखले हस्ताक्षर गरेको बिग्यप्तीमा कर्मचारी भन्दा अगाडि जनप्रतिनिधि भनेर उल्लेख गरिएको छ।

२०७४ शाल जेष्ठ १० गते गोल्फुटारमा आफुले सपथ खादा नगर प्रमुखले दिएको मन्तव्यमा पहिलो प्राथमिकता सुशासन रहेको स्मरण गर्नेहरु नै नगर प्रमुख द्वारा कर्मचारी बचाउमा बिज्ञप्तीनै जारी गरेर आउदा निकै आस्चर्यमा परेका छन।

सुशासनको मन्त्र आफ्नो ब्यक्तिगत जीवन र आचरणमा समेत लागू गर्दै करिव ३ दशक भन्दा लामो राजनितिक यात्रा पुरा गरेका प्रमुख खरेल यसरी विवादित कर्मचारीको बचाउमा उत्रिनु बोधगम्य कुरा भएको एक जनप्रतिनिधि बताउँछन । त्यसका साथै स्थानीय संचार माध्यममा कुनै प्रसङ्ग उल्लेख नभएका जनप्रतिनिधिका वारेमा आरोप लागेको भनी बिज्ञप्तीमा  लेख्दा यसले उनीहरुको मनोबल र निष्ठामा समेत प्रश्न उठाइदिएको कोपभाजनमा पर्ने डरले नाम उल्लेख नगर्ने शर्तमा एक जनप्रतिनिधिले दुख व्यक्त गरेका छन।

बुढानिलकण्ठ नगरपालिका द्वारा जारी गरिएको बिज्ञप्तीको भाषा हेर्दा कुनै समाचारको खण्डन भन्दा पनि समाचारले पारेको प्रभाव प्रतिको नकारात्मक आक्रोश झै देखिन्छ भने त्यसको सार केवल आफ्नो भक्तिगान गाउनुपर्छ भन्ने अधिनायकवादी प्रेस सिद्धान्त प्रेरित रहेको समेत अनुभुती गर्न सकिन्छ ।

नगरपालिका द्वारा जारी गरिएको बिज्ञप्तीमा अफवाह भ्रम फैलाएको भनिएको छ तर सो को पछि नलाग्न कसैलाई भनिएको छैन जसले गर्दा कतै नगरपालिका संचार माध्यम प्रती आक्रोश व्यक्त गर्दा गर्दै न्युनतम भाषागत ज्ञानको समेत ख्याल गर्न चुकेको छ।

त्यस्तै नगरपालिकामा सामान्य शाखा प्रमुख रहेका कर्मचारीलाई ख्याती प्राप्त भन्दै उनीहरुको ख्यातिमै आंच पुर्याएको उल्लेख गरिएको छ । तर नगरपालिका र अन्य श्रोत संग बुझ्दा नगरपालिका नै बचाउमा लागेका कर्मचारीले कुनै मान पदवी पाएको अभिलेख रहेको छैन । अनि धेरै अधिकृत र अनुभवी कर्मचारीलाई उपेक्षा गर्दै स्वयं नगर प्रमुखले ख्याती प्राप्त भनेर भन्नु स्वाभाविक नहुने एक कर्मचारी बताउछन ।

यस्तो गम्भीर विषयमा नगरपालिकाले आफ्नो धारणा बिज्ञप्ती मार्फत जारि गरे संगै संचार माध्यमले आरोपित गरेका कर्मचारीको संरक्षण अझै गर्दछ वा सार्वजनीक भएका विषयको सम्बोधनका लागि  कुनै ठोस कदम चाल्दछ त्यो भने आगामी दिनमा देखिनेनै छ ।

नगरपालिकाले जारि गरेको बिज्ञप्ती :

तपाइँको प्रतिक्रिया ।