बुढानिलकण्ठमा सुशासनका चुनौती “ग्यांग अफ फोर”

बुढानिलकण्ठमा सुशासनका चुनौती “ग्यांग अफ फोर”

कपन अनलाइन 

काठमाडौ,पौष ४।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले आफ्नो क्षमता र अनुभवको आधारमा खुलेर काम गर्न नपाएको गुनासो गर्दागर्दै सरुवा भएका छन ।

यसभन्दा अगाडि काभ्रेपलाञ्चोक जिल्लाको नवबुद्ध नगरपालिकामा नित्य राम्रो काम गरेर प्रशंसामा कमाएका कोइरालाले  बुढानिलकण्ठ नगरपालिकालाई पनि चुस्त दुरुस्त र प्रशासनिक रुपमा निकै सुदृढ बनाउने उद्देश्यसहित आएको बताएका थिए। उनले यसो बताएपनि उनको काम र अन्य प्रकृति हेर्दा उनले आफ्नो अनुभव क्षमता र आफ्नो कार्यकुशलता अनुसारको काम गर्न उनलाई बुढानिलकण्ठ नगरपालिकाका विभिन्न तत्वहरुले रोक्न सफल भए र अन्तत उनको सरुवा भयो ।

अनुभवी र नेपालको प्रशासनिक क्षेत्रमा निकै सम्भावना भएका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले किन बुढानिलकण्ठ नगरपालिकामा आफ्नो क्षमताअनुसारको काम गर्न सकेनन् ? यो प्रश्न अहिले निकै उठिरहेको छ र यही प्रश्नमा आधारित रहेर कपन अनलाइनले किन नगरपालिकामा उनले सम्पन्न गर्ने कार्यहरूको बारेमा केहि खोज अनुसन्धान गरेको थियो।

यो खोज अनुसन्धान र नगरपालिकाका विभिन्न गतिविधिहरुलाई अवलोकन गर्दा प्रमुख प्रशासकीय अधिकृत कोइरालाले आफ्नै मातहतका कर्मचारी र कर्मचारीहरूको कार्यशैली र उनीहरुले खडा गरेको बाधा व्यवधानका कारण खुलेर काम गर्न नसकेको देखिन्छ ।

बुढानिलकण्ठ नगरपालिकाले गरेको पहिलो पत्रकार सम्मेलनमा राजनीतिक इच्छाशक्तिको कमी भएको भनेर उल्लेख्य काम गर्न नसकेको बताए तापनि उनले आफू भित्र कै कर्मचारीहरुका कारण आफुले सोचे अनुसारले काम सम्पन्न गर्न नसकेको पटक पटक बताउदै आएका थिए।

 

विकास निर्माण उनी प्रतिवेदन र अन्य किसिमका विभिन्न गतिविधिहरुलाई पनि खुल्ला रुपमा बनाउनुपर्ने र कर्मचारीहरूको अनुशासन पनि कायम हुनुपर्ने बताउँदै आएका पनि उनको यो कुरालाई कुनै कर्मचारीहरुले नटेरेको चर्चा नगरपालिका भित्रै चल्ने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कोइराला यस भन्दा अगाडी नगरपरिषदलाई नेपाल सरकारले तोकेको अनुसारले विधि र पद्धतिमा विभिन्न किसिमका गतिविधिहरु सहित निकै प्रभावकारी बनाउन चाहन्थे तर नगरपालिकाका केही कर्मचारीहरु र उनीहरूको यथास्थितिवादी सोचका कारणले गर्दा उनले पुरानै शैलीमा निकै पुरानो प्रतिवेदन कै अगाडिका कपि पेस्ट गर्दा कामचलाउ किसिमको प्रतिवेदन प्रस्तुत गण बाध्य बनेका थिए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले कार्यपालिकाको बैठक र अन्य बैठकमा पनि सम्पूर्ण उपभोक्ता समिति तथा अन्य योजनाहरूको भुक्तानी जेठ महिनासम्म सम्पन्न गरी सकेर असार महिनालाई बजेट निर्माण र प्रस्ताव गरेका थिए जुन पारी पनि भएको थियो तर व्यवहारमा उनले त्यो लागू गर्न सकेनन् वा उनलाई आफुलाई घेराबन्दी गर्ने र नगरपालिकाको काम कारवाही प्रभावित गर्ने कर्मचारीहरुको कुल्सित मनसायकाका कारण सकेन त्यसलाई गम्भीर रुपमा खोज्नु पर्ने देखिन्छ।

र अहिले पनि करिब दश करोडभन्दा बढीको रकम अर्को आर्थिक वर्षमा ल्याउनु पर्ने वाध्यतामा कोइराला पुगेका उनले आफू निकटलाई यस कुराले दुखित लागेको पनि बताउँदै आएका थिए ।

किन प्रमुख प्रशासकीय अधिकृत यसरी आफूले भने अनुसार काम गर्न सकेनन्?

यो प्रश्न सबैको मनमा उब्जिन सक्छ र त्यसको मुख्य कारण उनी मातहतकै  कर्मचारीहरु रहेका छन्। त्यसमा पनि विभिन्न महत्वपूर्ण शाखा चारवटा शाखाहरूको नेतृत्व गरेका कर्मचारीहरु र उनीहरूको यथास्थितिवादी सोचका कारणले प्रमुख प्रशासकीय अधिकृत कोइरालाले आफ्नो कार्यसम्पादन राम्रो, प्रभावकारी र व्यवस्थित ढङ्गले गर्न सकेका थिएनन्।

प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई अहिले बुढानीलकण्ठ नगरपालिकाका विभिन्न विभागहरु र विभिन्न क्षेत्रको नेतृत्व गरेका कर्मचारीहरुले नै असहयोग गरेको चर्चा नगरपालिकामा व्यापक चल्ने गरेको छ।

नगरपालिकाको कार्य सम्पादनमा निकै महत्वपूर्ण मानिने प्रशासन शाखा, राजस्व शाखा, जिन्सी तथा खरिद शाखा र योजना शाखा मानिन्छन्।

तिनै शाखाका प्रमुखहरु पनि प्रमुख प्रशासकीय अधिकृतको कुर्सीलाई बलियो बनाउने चारवटा महत्वपूर्ण खुट्टाका रुपमा रहेका छन्। तर अहिले विडम्बना भन्नुपर्छ बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत का यिनै चार वटा महत्वपूर्ण स्तम्भ ले नै काम गर्न नदिएको भनि आन्तरिक रुपमा चर्चा चल्दै आएको छ।

कुनै नयाँ योजनाहरु ल्याउँदा पनि यिनै चार वटा शाखाका प्रमुखहरुका कारण योजना कार्यान्वयनमा अवरोध सृजना गर्ने गरेको नगरपालिकाका कर्मचारीहरु बीच पनि चर्चा चल्दै आएको छ।

अहिले बुढानिलकण्ठ नगरपालिकाको आन्तरिक प्रशासन शाखाको नेतृत्व अच्युत खड्काले गरिरहेका छन् भने जिन्सी तथा खरिद शाखाको नेतृत्व अच्युत कार्कीले गरिरहेका छन्।

यी दुई कर्मचारी बुढानीलकण्ठ नगरपालीकामा साबिक गाबिस हुँदादेखि नै लामो समयदेखि कार्यरत रहेका छन्। यो बताउने गरिन्छ केही कर्मचारीहरुलाई सबै नेताहरूको आन्तरिक विशेषता कमजोरीहरु र सबल दुर्बल पक्ष बारेमा सम्पूर्ण जानकारी रहेको  र यि कर्मचारीहरुले तिनैको आधारमा नगरपालिकाका विभिन्न नीति निर्माण र अन्य गतिविधिहरुमा पनि प्रभावकारी हस्तक्षेप गर्ने गरेका छन र  काम   चोर्न पल्केका अन्य कर्मचारीले पनि उनीहरुलाई साथ दिएका छन।

त्यस्तै अन्य महत्वपूर्ण शाखा भनेका प्रसासन र योजना शाखा रहेका छन् ति शाखा अन्तर्गत विभिन्न महत्वपूर्ण काम हुने र सो काममा ढिलासुस्ती र अवरोधहरूका कारणले नगरपालिकाको कार्यसम्पादनमा असर गरिरहेको छ र अहिले यी शाखाहरुमा टंक चिमोरिया र महेस पाठकले नेतृत्व गरिरहेका छन।  चिमोरिया केहि  महिना पछी सेवा निवृत हुदैछन  र तुलनात्मक रुपमा उनि प्रति कम गुनासो आउने गरेको नगरपालिकाका एक कर्मचारीले बताए।

त्यस्तै यिनै महत्वपूर्ण शाखाहरु बाट बारम्बार फाइल हराउने ,काममा ढिलासुस्ती हुने जस्ता गुनासो व्यापक बढे पनि नगरपालिकाले कुनै कठोर कदम चालेको देखिदैन।

त्यस्तै स्थायी कर्मचारी वडामा सरुवा बह्येको मौकामा करारमा नियुक्त कर्मचारीहरुले नक्शा शाखामा तर मारिरहेको चर्चा चल्ने गरेको छ भने लेखा शाखाको पनि निकै ठुलो ज्यादती रहेको एक सेवाग्राही बताउछन। सो शाखा बाट बेलाबेलामा पेश गरेको बिल समेत हराउने गरेको गुनासो केहि ठेकेदारहरुले गर्दै आएका छन ।

आफुले सपथ खाएको पहिलो दिन देखिनै सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका नगर प्रमुख उद्दव खरेलले पनि कर्मचारीको भ्रस्ट र कामचोर शैलीको पटक पटक विरोध गर्दै आएका छन ।

त्यस्तै कार्यालय खुले देखि दिनभर धर्ना दिए जसरि नगरपालिका वरिपरी डुल्ने केहि ठेकेदार र असम्बन्धित व्यक्तिहरुका कारण पनि नगर प्रमुख आजित बनेको उनि निकट व्यक्तिहरुले बताउने गरेका छन।

तर विरोधले मात्र काम नगर्ने भन्दै प्रमुख खरेललाई अहिले कठोर कारवाहीको लागि दवाव बढ्दै गएको छ । उनले यसको संकेत पनि दिइसकेका छन । अवका दिनमा भने नगरपालिकाको सुशासनमा रहेका चुनौती कसरि हट्नेछन वा झन् जरो गाड्नेछन  त्यो भने आगामी समयमा देखिनेनै छ

 

 

 

तपाइँको प्रतिक्रिया ।