बुनापा ११ ग्राम शिक्षा मन्दिर स्कूलका मेहनेती र लगनशील दावा शेर्पा

बुनापा ११  ग्राम शिक्षा मन्दिर स्कूलका मेहनेती र लगनशील दावा शेर्पा

कपन अनलाइन

काठमाडौँ,पौष ७ । बुनापा ११ मा रहेको ग्राम शिक्षा मन्दिर स्कूल कक्षा १० मा पढने मेहनेती र लगनशील दावा शेर्पा बुवा  रघु र आमा सुकुमाया शेर्पाका सन्तानका रुपमा बि.स. २०५८ साल जेष्ठ २२ गते सोलुखुम्बु जिल्लामा जन्म भएको हो ।

उनले बुनापा ११ ले आयोजना गरेको फुटबल प्रतियोगितामा प्रथम स्थान तथा  राष्ट्रपति रनिग सिल्ड भलिबल  र कबर्दी प्रतियोगितामा तृतीय स्थानले समानित तथा पुरस्कृत भएका छन् ।

उनि घर परिवार तथा स्कूल परिवार आफ्ना प्रेणाका  श्रोतका रुपमा बताउछन् ।

उनले अध्ययनलाई निरन्तरता तथा  तेक्वान्दो लाई निरन्तरता दिएर  ख्याती प्राप्त खेलाडी बन्ने आफ्नो  भबिस्यको योजना तथा धारणा बताएका छन्  ।

आफ्नै मेहनत, लगनशीलता,घर, परिवार, शिक्षक, शिक्षिकाको साथ सहयोगले आफु सफल भएको कुरा बताउ छन्  ।

बिद्यालयका प्र.अ.रुद्र कोइरालाले  अध्ययनलाई निरन्तरता, बिद्यालयबाट पाउने सेवा सुबिधाबाट बन्चित नगरिने तथा विद्याथीको शैक्षिक र खेलकुद क्षेत्रको बिकासमा शुभकामना वक्ता गरेका  छन्  ।

 

तपाइँको प्रतिक्रिया ।