स्केट टिम जर्मनी प्रस्थान

स्केट टिम जर्मनी प्रस्थान

कपन अनलाइन

काठमाडौँ,पुस ४। अंतराष्ट्रिय स्केटिंग महासंघ (वोर्ल्ड स्केट) द्वारा जर्मनीमा आयोजना हुने १ महिने स्केटिंग प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेपाली ९ सदस्यीय स्केट टिम त्येस तर्फ प्रस्थान गरेको छ। नेपाली टिमलाइ नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघका राष्ट्रिय अध्यक्ष अच्युत खनालले बिदाई गर्नु भएको छ ।
बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष खनालले येस्ता खाले अंतराष्ट्रिय प्रतियोगिता हरुले नेपाली खेलाडीहरुको हौसला अभिवृद्धि हुने र अंतराष्ट्रिय प्रतियोगिताहरुमा  नतिजा राम्रो ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जर्मनी प्रस्थान गर्ने टिममा टिम ब्येबस्थापक जागृत पहाडी, खेलाडीहरुमा गत असार महिनामा संघले आयोजना गरेको राष्ट्रिय स्केटबोर्डिंग प्रतियोगितामा क्रमश प्रथम, द्वितीय गजेन्द्र बर्देवा, धिरज परियार, सन्दिप शाह, मिलन शाह, सुजन थापा, युबराज राना तथा जितेन्द्र राई रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।