धावक रामसुन्दर कार्कीको गोदावरी देखि रामजानकी मन्दिर सम्मको दौड पूरा

धावक रामसुन्दर कार्कीको  गोदावरी देखि रामजानकी मन्दिर सम्मको दौड पूरा

कपन अनलाइन

काठमाडौँ,पुस ४ । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुरस्थित रामजानकी मन्दिरसम्मको दौड पूरा गरेका छन् । करिब २ सय २५ किलोमिटर दूरी कार्कीले ३ दिन लगाएर पूरा गरेका हुन् ।
कार्कीले गोदावरी नगरपालिका वडा नं. १, गोदामचौर, कार्कीटारमा आफैले निर्माण गरेको हनुमानको मन्दिरदेखि दौड सुरु गरेका थिए । कार्की कार्कीटार निवासी हुन् ।
दौडलाई नविल बैंक, रुसलान एफएम, गोदावरी नगरपालिकालगायतले प्रायोजन गरेको कार्कीले जानकारी गराए । दौडबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने कार्कीले बताए ।

तपाइँको प्रतिक्रिया ।