प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा पिस प्वाइन्ट विजयी

प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा पिस प्वाइन्ट विजयी

कपन अनलाइन

काठमाडौं,पुस ४ । पिस प्वाइन्टले प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ ।
पिस प्वाइन्टले टाइम्स इन्टरनेसनल कलेजलाई ३–१ गोलले पराजित गर्यो । पिस प्वाइन्टका अनिश केसी, राम ढकाल र मौसम अथङबोले १–१ गोल गरे । टाइम्सका अशोककुमार मगरले सान्त्वना गरे ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भक्तपुरको सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भइरहेको प्रतियोगितामा साउथ वेस्टर्न र नेपालयले पनि सफलता पाए ।
साउथ वेस्टर्नले कस्मिकलाई ५–१ गोलले हरायो । विजेताका श्रीराम महर्जनले २ तथा मिलन गुरुङ र विकास छन्त्यालले १–१ गोल गरे । एक गोल आत्माघाती रह्यो । कस्मिकका रञ्जन गुरुङले १ गोल फर्काए । नेपालयले सि बर्डमाथि २–१ को जित दर्ता गर्यो । नेपालयका यमन श्रेष्ठ र सन्दिल तामाङले १–१ गोल गरे । सि बर्डका सनिल गुरुङले १ गोल गरे ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने छन् । फाइनल पुस १२ गते हुने छ ।

तपाइँको प्रतिक्रिया ।