माकलबारी बातावरण समुहको अध्यक्षमा युवा समाजसेवी बिनितराज अर्याल
कपन अनलाइन
काठमाडौं, पुस २। गोकर्णेश्वर नगरपालिका वडा नं- ४ स्थित माकलबारीमा “माकलबारी बातावरण समुह” गठन भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मंसिर २८ गते शनिबार एक कार्यक्रम बीच समुह गठन भएको हो ।माकलबारी क्षेत्रमा रहेका बिभिन्न टोल सुधार समिति, महिला समुह, स्थानीय क्लब, समाजसेवी, शिक्षा क्षेत्रका बुद्धिजीवी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा गोकर्णेश्वरनगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल , माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पा , भेनस नेसनल कलेजका क्याम्पस चिफ कृष्ण गौतम को उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सन्तोष चालिसेले गोकर्णेश्वर
नगरपालिका बाताबरणको लागि सचेत रहेको र बातावरण संरक्षण गर्ने हरेक संस्थालाई आर्थिक एवम् नैतिक सहयोग गर्ने बताएका थिए ।मेयर चालिसे ले भने “तपाइँहरु नगरको बातावरण जोगाउने कार्यक्रम लिएर आउनुस , नगरपालिका सधै तपाइँहरु को साथमा छ “।
उक्त कार्यक्रममा नवगठित माकलबारी बातावरण समुहका अध्यक्ष बिनितराज अर्यालले माकलबारी लगायत पुरै गोकर्णेश्वर नगरपालीकाको
बातावरण सरक्षण् गर्न स्थानीय संघसंस्था , महिला समुह , क्लबहरु लगायत नगरपालिका संग समन्वय गरेर आफु र आफ्नो टिम सधै लागिरहने बताएका थिए।
नवगठित माकलबारी बातावरण समुहका अध्यक्ष बिनितराज अर्याल लगायत उपाध्यक्षमा बिमला श्रेष्ठ , सचिबमा शिशिर पौडेल र कोषाध्यक्षमा प्रमिला शेर्पा चयन भएका छन् । २७ सदस्यीय उक्त समूहले छिट्टै बातावरण सम्बन्धी नयाँ कार्यक्रम लिएर आउने कोषाध्यक्ष प्रमिला शेर्पाले जानकारी दिइन्।
तपाइँको प्रतिक्रिया ।