ओखलढुंगामा नेकपा सहित विभिन्न पार्टी परित्याग गरि सयौ नेपाली कांग्रेस प्रवेस
कपन अनलाइन
ओखलढुंगा ,मंसिर २९।
ओखलढुंगामा नेकपा सहित विभिन्न पार्टी परित्याग गरि करिव १७६ जना नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस ओखलढुंगाले जानकारी दिएको छ ।
जिल्लाको चिशंखुगढी गाउँपालिका ६ कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रममा नेकपाको साविक गाविस उपाध्यक्ष केशरबहादुर थापा मगर, नेकपाकै डिक बहादुर बिक र खेमबहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की, स्वतन्त्र युवाहरु
सहित १७६ जना नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् ।
केशरबहादुर थापा मगर, नेकपाकै डिक बहादुर बिक र खेमबहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की, स्वतन्त्र युवाहरु
सहित १७६ जना नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् ।
सो कार्यक्रममा बिबिध समयमा काङ्ग्रेसमा रहेर पार्टीलाई योगदान गरेका समेत २१३ जनालाई सम्मान गरिएको थियो ।
नव प्रवेसीलाई काङ्ग्रेसको जिल्ला सभापति प्रदीप कुमार सुनुवार, युवा नेता रामहरी खतिवडा र केन्द्रीय नीति तथा अनुसन्धान प्रतिस्ठान सदस्य खिलानाथ दहाल, नेता दिल्ली खनाल, तेजेन्द्र खनालले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता रामहरी खतिवडाले नेपाली काङ्ग्रेसले हार्दा मलाई कति पनि दुःख लागेको थिएन, आज कम्युनिष्टले जित्दा देश र ओखलढुंगाको विकासले हारेको देख्दा आफू निकै दुखी भएको बताए ।