असहाय जेष्ठ नागरिकलाई भोजन गराएर प्रदेस सभा सदस्य निरौलाले वैबाहिक वर्षगाठ मनाए

असहाय जेष्ठ नागरिकलाई भोजन गराएर प्रदेस सभा सदस्य निरौलाले वैबाहिक वर्षगाठ मनाए

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

आमरुपमा  धेरैले आफ्नो वैबाहिक जीवनको वर्षगाठ कि होटलमा कि त् पारिवारिक जमघटमा मनाउने गर्दछन तर प्रदेस नं ३ का प्रदेस सभा सदस्य दिपक निरौलाले आफ्नो वर्ष गाठ फरक रुपमा मनाएका छन् ।

सांसद निरौलाले वैवाहिक दाम्पत्य जीवन शुरुआत भएकाे २० बर्षको अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा १ मा रहेकाे मानवसेवा आश्रममा पुगी सडकबाट उद्दार गरि ल्याइएका असाहय आमा, बुवाकाहरूका साथमा मनाएका छन्।

वैवाहिक सम्बन्धको वार्षिकोत्सवको अवसर पारि माननीय आफ्नो पूरा परिवारलाई साथ लिई आश्रममा पुगेका थिए। उनको पुरै परिवारलेनै सोही आश्रममा बसि उद्वार गरि ल्याइएका व्यक्तिहरुसँगै खाना खाएका थिए।

आफ्नो परिवार र स्थानीय जनप्रतिनिधि तथा नेताहरुका साथमा मानव सेवा आश्रम पुगेका सांसद संगै बसेर भोजन गर्दा त्यहाका जेष्ठ नागरिकहरु निकै हर्षित बनेका थिए।

सो अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न अभियानहरु संचालन गर्दै आएका सांसद निरौलाले काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, जनप्रतिनिधि, सामाजिक संस्था लगायतको उपस्थिति तथा राेहवरमा  काठमाडौंका  भद्रकाली मन्दिर परिसर, थापाथली कालमाेचन मन्दिर परिसर, पचली र कालीमाटी परिसरमा रातका समयमा सडकपेटीमा बसेर जीवन बिताइरहेका व्यक्तित्वहरुको अनुगमन गरि उद्दार गरेर ल्याइएका व्यक्ति हरु संग रमाइलो समय बिताएका थिए। फोटो :विकास लामा

तपाइँको प्रतिक्रिया ।