गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा सम्पन्न

गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा -४ मा रहेको मुनलाइट पार्टी प्यालेसमा भएको उक्त साधारण सभामा पुर्व न्यायाधीश केदार चालिसे प्रमुख अतिथी रहेका थिए भने सहकारी अभियन्ता पुस्प बहादुर पौडेल , संस्थापक अध्यक्ष कुमार बहादुर श्रेष्ठ,अधिवक्ता कुमार घिमिरे लगायत अतिथि रहेका थिए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अमृत धमला ,सचिव सिताराम दाहाल ,कोषाध्यक्ष पूर्ण बहादुर तामांग ,सदस्यहरु यादव प्रसाद लामिछाने ,बुद्ध श्रेष्ठ ,नवराज देउजा ,अमृत बरुवाल ,हरिराम श्रेष्ठ ,लेखा समिति संयोजक शैलेन्द्र श्रेष्ठ ,सदस्यहरु दिल्ली बहादुर गुरुङ र भोलानाथ तिमल्सिनाको उपस्थिति रहेको थियो।

काठमाडौं महानगरपालिका वडा नं ४ को कित्ता नं १४८ मा करिव ७ आना क्षेत्रफलमा भवन निर्माण गरेको उक्त संस्थाले वडा नं ६ चुचेपाट्टीमा सदस्य सुविधा काउन्टर संचालन गर्दै आएको छ ।

तिन करोड ८९ लाख ५२ हजार छ सय सेयर पुजी रहेको सो संस्थाले गोरेटो विशेष बचत ,आवधिक बचत नारि बचत जस्ता विभिन्न योजनाहरु संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।