गजल !
कपन अनलाइन
काठमाडौं, मंसिर २७/ लीलाराज दाहाल
भन, कलमअनि तरबार कुनबलियो हुन्छ ?
भन, सन्यास अनि घरबार कुनबलियो हुन्छ ?
नपाईइशारा पी ए को टेर्छ कहाँहाकिमले
भन, हाकिमअनि खरदार कुनबलियो हुन्छ ?
अनुदानको कुर्सीमा मस्त उँग्नथालेपछि
भन, माग्ने अनि सरकार कुनबलियो हुन्छ ?
अत्याचारको रथमा चढी कतापुग्यौ तिमी?
भन, जनताअनि दरबार कुनबलियो हुन्छ ?
(बागमती ११, कर्मैया, सर्लाही)
तपाइँको प्रतिक्रिया ।