त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

कपन अनलाइन

काठमाडौं मंगसिर २५। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर खगेन्द्र नवजीवन माध्यमिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। मंगसिर २३ गते सोमबार गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा रहेको माइटी गरुडा च्यारिटेवल ट्रष्टको बिशेष सहयोगमा  सो शैक्षिक सामग्री वितरण गरिएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी केन्द्रीय अध्यक्ष रेखा अर्याल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा अतिथि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी केन्द्रीय उपाध्यक्ष पुष्पा घिमिरे महासचिव खिला बाहादुर खडका, सदस्य विजया दाहाल, काठमाडौं जिल्ला उपाध्यक्ष रेखा पाण्डे, सामाखुसी इकाई संयोजक सरला विक , धुम्बराही इकाई संयोजक सरला थापा , विद्यालयका प्रधानाध्यापक. राघव प्रसाद दवाडी, सहायक प्रधानाध्यापक नन्दन प्रसाद सापकोटा, नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्यहरु सुवास बराइली र गणेश विक लगायत विद्यालयका सम्पूर्ण शिक्षक र सय भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन नेपाल दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष एबम त्रेनेत्र अध्यात्म चिन्तन केन्द्रका केन्द्रीय सदस्य राजु सुनारले गरेका थिए।  कार्यक्रममा खगेन्द्र नवजीवन विशेष आधारभूत विद्यालय जोरपाटी नारायणटार अध्ययनरत  ७६ जना शारीरिक रुपमा अशक्त (अपाङ्ग) विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो  ।

तपाइँको प्रतिक्रिया ।