कागेश्वरी मनोहरा नगरपालिका भित्र भईरहेको विकास निर्माणको प्रतिनिधि सभा सदस्य एबम पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल द्वारा अनुगमन

कागेश्वरी मनोहरा नगरपालिका भित्र भईरहेको विकास निर्माणको प्रतिनिधि सभा सदस्य एबम पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौँ, मंगसिर २५।   कागेश्वरी मनोहरा नगरपालिका भित्र भईरहेको विकास निर्माणको बारेमा प्रतिनिधि सभा सदस्य एबम पूर्व प्रधानमन्त्री  माधबकुमार नेपालले मंगलबार अनुगमन गरेका छन् । आफ्नै निर्वाचन क्षेत्र भित्र पर्ने कागेश्वरी मनोहरा नगरपालिका वडा नं मा भईरहेको सडक कालोपत्रे को निरिक्षण गरेका हुन् । उनि संगै  प्रदेश सभा सदस्य रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा,  वडा अध्यक्षहरु  नगर प्रमुखका सल्लाहकार भरत फुयाल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त अनुगमन पछि  प्रतिनिधि सभा सदस्य एबम पूर्व प्रधानमन्त्री  माधबकुमार नेपालले  विकास निर्माणको काममा कुनै सम्झौता नहुने बताउदै विकास निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको भन्दै राम्रो गर्नेलाई काममा सहयोग गर्न पर्ने बताउदै त्यसमा आफ्नो तर्फ बाट सहयोग रहने बताए ।उनले नगरपालिकाको बिभिन्न स्थानको सडक र पुल तथा कागेश्वरी चक्रपथ निर्माण कार्यको निरीक्षण गर्नुको  साथै गागलफेदी मा निर्मित कागको २३७ केजी को मूर्ति, कागेश्वरी महादेवको मंदिर ,गुफा र सुन्दर पर्यटकीय स्थलहरुको अवलोकन समेत गरेका थिए भने  आलापोटमा लक्ष्मी प्रसाद देवकोटाको नव निर्मित शालिकमा माल्यार्पण  गरि , भद्रवास तथा इन्द्रायणी हुदै विभिन्न ठाउँका जनतासित भेटघाट -भलाकुसारी तथा  उनीहरुको गुनासा  राय विचार समेत सुनेका  थिए ।

त्यसैगरि नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा विकास निर्माणको काममा धेरै प्रगति भएको बताएका थिए। उनले निर्वाचित जनप्रतिनिधि विकास निर्माणको काममा दिनरात नभनी खटिरहेको पनि बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।