JKSI अल इन्डिया एण्ड इन्डो कन्टिनेन्टल इन्टरनेसनल कराते च्याम्पियनशिप बाट पदक सहित नेपाली टिम स्वदेश फिर्ता

JKSI अल इन्डिया एण्ड इन्डो कन्टिनेन्टल इन्टरनेसनल कराते च्याम्पियनशिप बाट पदक सहित नेपाली टिम स्वदेश फिर्ता

कपन अनलाइन

काठमाडौँ, मंगसिर २५  ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको नेपाल वादो महासंघ तथा तोयाकन नेपाल वादो-रियो कराते डो संघ ले डिसेम्बर ७ र ८ तारिखमा छिमेकि राष्ट्र भारतको उत्तर प्रदेश राज्यको आग्रामा समपन्न भएको JKSI अल इन्डिया एण्ड इन्डो कन्टिनेन्टल इन्टरनेसनल कराते च्याम्पियनशिप २०१९ मा सहभागी  भइ स्वर्ण पदक सहित स्वदेश फर्केको छ।  सो प्रतियोगितामा भाग लिन नेपालको तर्फ बाट ९ जना खेलाडी र तीन जना अफिसियलहरुको टिमले सहभागिता जनाएको थियो ।

उक्त प्रतियोगीतामा नेपाल बाट सहभागी सबै खेलाडीले मेडल समेत जित्न सफल भएका छन्। जसमा  रन्जन कुमार सापकोटा, शिखा बजगाईं,अलिशा थापा मगर, खुसि केसी स्वस्तिका मगरले दुइ दुइ वटा स्वर्ण पदक प्राप्त गरेकी थिइन् भने श्याम बहादुर वाइवा तामाङले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे। त्यसै गरि बिराज तामाङ, बिपसिंह तामाङले एउटा एउटा स्वर्ण पदक प्राप्त गरे त्यसै गरि सुहाना कार्कीले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरेकी थिइन्।

प्रतियोगितामा नेपालका रन्जन कुमार सापकोटाबेस्ट फाइटरको उपाधि समेत प्राप्त गरेका छन्।  उक्त प्रतियोगितामा भारत टिम च्याम्पियन बन्न सफल भएको थियो भने नेपाल फर्स्ट रनरअप र श्रीलंका सेकेन्ड रनरअप हुन सफल रह्यो।  नेपाल को तर्फ बाट अफिसियलमा प्रमुख प्रशिक्षक अरुण कुमार कार्की टिम म्यानेजर पेम्बा शेर्पा र बरिष्ठ उपाध्यक्ष प्रेम कुमार श्रेष्ठले सहभागिता जनाएका थि।ए प्रतियोगितामा भाग लिन जाने टोलीलाई मंगसिर १९ गते चार्ल्स डार्बिन कलेज नया बस्तीमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले बिदाइ गरेका थिए । स्वदेश फर्के लगतै टिमलाई  भब्य स्वागत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।