कागेश्वरी मनोहरा प्याब्सनले अन्तर बिद्यालय स्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता आयोजना गर्ने
कपन अनलाइन
काठमाडौं, मंगसिर २४ ।कागेश्वरी मनोहरा प्याब्सनले अन्तर बिद्यालय स्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी बाबाचोकमा संचालित प्रारम्भ एकेडमीमा मंगसिर २७ गते बिहान १० बजे बाट उक्त प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक एबम प्रारम्भ एकेडमीका प्रिन्सिपल कृष्ण गौतमले कपन अनलाइन लाइ बताए। उक्त प्रतियोगीतामा प्रतियोगीहरुले लेख्ने र चित्र कोर्ने कापी बाहेकका आवश्यक सामाग्रीहरु आफै व्यवस्थापन गर्नु पर्नेछ भने प्रतियोगीहरुले हस्तलेखनमा कलम अथवा सिसाकलम प्रयोग गर्न सक्ने आयोजकले बताएको छ । चित्रकलाको लागि आवश्यक शिर्षक प्रतियोगिता स्थलमा दिईने पनि जनाएको छ ।
हस्तलेखन प्रतियोगितामा नेपाली कक्षा ४ देखि ७ सम्मका १ जना र नेपाली कक्षा ८ देखि १० सम्मका १ जना सहभागी हुन सक्नेछन् ।त्यसै गरि अंग्रेजी हस्तलेखन तर्फ कक्षा ४ देखि ७ सम्मका एक जना र अंग्रेजी तर्फ कक्षा ८ देखि १० सम्मकको एक जना सहभागी हुन सक्नेछन ।त्यसै गरि चित्रकला तर्फ कक्षा ४ देखि ७ सम्मका १ जना र चित्रकला तर्फ नै कक्षा ८ देखि १० सम्मका १ जना सहभागी हुन पाउनेछन। हरेक विधामा एकएक गरेर हरेक बिद्यालय बाट ६ जनाको सहभागिता गराउनु पर्ने पनि आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागीता जनाउनको लागि प्रति बिध्यालय रु २ हजार दर्ता शुल्क कायम गरिएको पनि आयोजकले जनाएको छ।
विद्यार्थीको मूल्याङ्कनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएकोले सुन्दर हस्तलेखनको कला हरेक विद्यार्थीमा हुनै पर्ने भएकाले विद्यार्थीहरुलाई सुन्दर हस्तलेखनको महत्ववारे जानकारी दिन तथा सुन्दर हस्तलेखनको वातावरण निर्माण गर्न प्रतियोगीताको आयोजना गरिएको कागेश्वरी मनोहरा प्याबसन अध्यक्ष श्रीराम दहालले बताए।
बिभिन्न बिद्यालयका विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउने उदेश्यका साथ प्रतिभा पहिचानको अभियानको रुपमा विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनको साथै विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि पनि कागेश्वरी मनोहरा प्याब्सनले उक्त कार्यक्रमको आयोजना गरिएको हुँदा कार्यक्रमलाइ सफल बनाउनको लागि सबैलाई अनुरोध गरेका छन् ।