अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाडौं, मंसिर २४।  अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक वर्षीय अघा जेसान हैदर पक्राउ परेका छन् ।

मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।