नेसनल प्याब्सन गोकर्णेश्वरले प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्दै

नेसनल प्याब्सन गोकर्णेश्वरले प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्दै

कपन अनलाइन

 काठमाडौँ,मंगसिर २४। राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल –प्याब्सन) गोकर्णेश्वरले स्व. बाल कुमार गुरुङको स्मृतिमा प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ  गोकर्णेश्वर ६  पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल थिए भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव रहेका थिए ।

उनको २०७६ जेठ ३० गते निधन भएको थियो। उनकै सम्झनामा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । काठमाडौं जिल्लाका निजी तथा संस्थागत बिद्यालयहरु मध्ये कुल ३९ वटा बिद्यालयका ४४ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता मंगसिर २६ गते देखि ब्राइट जोन स्कुलको फुटसल मैदान जोरपाटी नयाबस्तिमा सुरु हुने आयोजकले जनाएको छ ।

मंगसिर २६ गते गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख बाट प्रतियोगिता उदघाटन हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। शैक्षिक ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउनुको साथै स्व बाल कुमार गुरुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाइ स्मरण गर्दै उनको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले उक्त पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा प्रथम दितीय, तृतीय तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिने जानकारी गराइएको थियो ।कक्षा ८ सम्मका ४ फिट १० इन्च उचाई भएका १३ बर्ष सम्मका खेलाडीहरुलाइ प्रतियोगितामा समाबेश गरिएको पनि जानकारी गराइएको थियो। प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि गोकर्णेश्वर नगरपालिका, भेनस नेसनल कलेज, इष्ट पोल इन्टरनेसनल कलेज  , संजीवनी पब्लिकेसन , शुभारम्भ पब्लिकेसन ,  पी एस एल फाइबर ग्लास, युनिक पब्लिकेसन ,छहारी बुक्स एण्ड स्टेसनरीको सहयोग रहेको  साथै प्याब्सन  गोकर्णेश्वर नगर कमिटिको पनि साथ रहेको   जानकारी गराइएको थियो ।

उक्त पत्रकार सम्मेलनमा भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम प्राक्सिस इन्टरनेसनल स्कुलका प्रिन्सिपल गेन्द्र लामा एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी, नेसनल प्याब्सन गोकर्णेश्वरका उपाध्यक्ष एबम ब्राइट जोन इन्टरनेसनल  स्कुलका प्रिन्सिपल, मदन राज रेग्मी , सचिब एबम लर्ड्स लाइट्स् एकेडेमिका प्रिन्सिपल  निराजन आचार्य, पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल एबम प्याब्सक सचिब राजन श्रेष्ठ, भेनस स्कुलका प्रिन्सिपल नेत्र दहाल  तथा बिभिन्न सहभागी बिध्यालयका शिक्षक प्रतिनिधि, रेफ्री र खेल पदाधिकारीहरु सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।