स्क्वास : पाकिस्तान र भारतलाई स्वर्ण

स्क्वास : पाकिस्तान र भारतलाई स्वर्ण

कपन अनलाइन

काठमाडौं, मंसिर २३ । पाकिस्तानका तयब अस्लम र भारतकी तान्भी खन्नाले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासमा स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् । फाइनलमा तयबले भारतीय प्रतिद्वन्द्वी हरिन्दर सिंहलाई सोझो सेटमा हराउँदै तयबले स्वर्ण जिते । उनले हरिन्दरलाई ८–११, ११–३, ११–८ र ११–८ ले हराए । पाकिस्तानका मेहबुब आलम र भारतका अभय सिंहले कांस्य जिते ।

महिला एकलतर्फ भारतकी तान्भी खन्नाले स्वर्ण जित्दा आफ्नै देशकी सुनैयना कुरुभिल्लालाई ११–८, ९–११, १२–१० र ११–५ हराइन् । यस विधामा पाकिस्तानकी जा जफर र पाकिस्तानकै मदिना जफरले कांस्य जितिन् । स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।