साम्तेन मेमोरियल एजुकेशन एकेडेमि बुढानिलकण्ठ नगरपालिका – ११ की मेहनती र सृजनसिल छात्रा पेमा शेर्पा

साम्तेन मेमोरियल एजुकेशन एकेडेमि बुढानिलकण्ठ नगरपालिका – ११ की मेहनती र सृजनसिल छात्रा पेमा शेर्पा

कपन अनलाइन

काठमाडौं, मंसिर २२।  बुढानिलकण्ठ नगरपालिका वडा- ११ मा रहेको सामतेन मेमोरियल एजुकेशन एकेडेमि बिद्यालयको  कक्षा १० मा पढ्ने अध्यनरत पेमा शेर्पा साम्तेन र सृजनसिल छात्रा हुन्।

पिता आङ्गवा शेर्पा र माता किपा शेर्पाको सुपुत्रीको रुपमा उनको जन्म बुढानिलकण्ठ नगरपालिका – ५ मा बि.स. २०६१ साल फागुन १ गते भएको हो।

उनले आफ्नो मिहिनेत र लगनशीलताले गर्दा नै अमर दिप बिद्यालयले आयोजना गरेको सिङ्गिङ्ग प्रतियोगितामा प्रथम स्थान, सेन्जिर्स स्कुलको आयोजनमा नृत्य प्रतियोगितामा प्रथम , गोल्डेन गाडेन बिद्यालयले आयोजना गरेको सिङ्गिङ् प्रतियोगितामा द्वितीय स्थान नेपाली न्युज रिडिङ्ग प्रतियोगिताम प्रथम स्थान हासिल गरि सम्मान र पुरस्कार ग्रहण गरेकी छन्।

घर परिवार , शिक्षक, शिक्षिका, र साथिभाई प्रेणाका स्रोत हुन् भनी बताउने उनि अध्यापनलाई विशेष जोड दिइ गायन क्षेत्रलाई पनि निरन्तरता दिंदै देशका निमित्त उल्लेखनीय योगदान पुर्याउने भबिष्यका योजना रहेको बताउछिन। देशकै ख्याति प्राप्त गायिका बन्ने, घर, परिवार र शिक्षक, शिक्षिकाको साथ सहयोग भइरहेको र पछि सम्म पनि सहयोगको अपेक्षा रहेको उनि बताउछिन ।

घर परिवार र ससिक्षकहरुको हौसला र आफ्नै मेहनतका कारण , बिधालयले प्रतियोगितामा प्रतियोगि बन्ने दिएकाले र साथिहरुको साथ सहयोग ले गर्दा चर्चाको शिखरमा पुग्न सकेको कुरा बताउछिन् ।

बिद्यालयका  प्रध्यानध्यपक शक्तिराज नेपालले अध्ययन अध्यायपनका साथ साथै आफ्ना प्रतिभा प्रस्फुटन गर्न , मेहन र लगनशीलताका साथ काम गरेर सफलताको शिखरमा पुग्न आग्रह गर्दै , कठिन परिस्थितिमा पनि समस्याको समाधान गर्न र गायन तथा शैक्षिक क्षेत्रको बिकासका लागि शेर्पालाई शुभकामना व्यक्त  गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।