इन्जिनियर र प्राविधिकलाई कार्यशैली सुधार्न बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेलको निर्देशन
कपन अनलाइन
काठमाडौं ,मंसिर २१ ।
बुढानिलकण्ठ नगरपालिकामा प्रमुख उद्धवप्रसाद खरेलले नगरका प्राविधिक इन्जिनियरहरुलाई आफ्नो कार्यशैली सुधार्न तथा नगर स्तरीय योजनाको सम्झौता पुस महिनाभित्र सक्न निर्देशन दिएका छन ।
आफ्नै नयाँ भवनामा पहिलोपटक बसेको नगरका प्राविधिक इन्जीनियरहरुको बैठकमा शुक्रबार प्रमुख खरेलले परम्परागत तरिकाले प्राविधिक इन्जीनियरहरुले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘आफ्नो नगर स्तरीय योजना ’का अभिभारा पूरा गर्न असम्भव रहेको बताए। निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै आउने भन्दै उनले तीव्रतामा काम गर्न प्राविधिक इन्जीनियरहरुलाई निर्देशन दिएका हुन्।
काम गराइको पूरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन भन्दै प्रमुख खरेलले पुरानो निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पूरानै आउने बताएका थिए ।
खरेलले नगरको वार्षिक नगर स्थरिय आयोजनको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठेरो आइपरे प्रमुखका हैसियतमा सहजीकरणका लागि आफु तयार रहेको स्पष्ट पारे। खरेलले समग्र नगरका प्राविधिक इन्जीनियरहरुबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो ? भन्नेबारे सोच्ने बेला आएको पनि बताए।
यस्तै खरेलले नगरस्तरीय योजना समयमै सम्पन्न गर्न वडाहरुसँगको समन्वयमा प्रभावकारी कदम चाल्न आफु मातहतका समितिलाई पनि निर्देशन दिएका थिए । ‘नगरबाट कार्यान्यवन हुनै नसक्ने योजना बनेको रहेछ भने भन्नुस्’, खरेलले भने, ‘अन्यथा यसरी हुँदैन, कामको गति बढाउनूस्।’ बैठकमा उपप्रमुख रामदेवी राई, नगर प्रबक्ता नवराज भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, लेखाप्रमुख लोक बोहोरा लगायातको उपस्थिति थियो ।