शंखरापुर नगरपालिकामा सहजकर्ता तालिमको उद्घाटन

शंखरापुर नगरपालिकामा सहजकर्ता तालिमको उद्घाटन

कपन अनलाइन

काठमाडौं, मंसिर १९।शंखरापुर नगरपालिकामा  शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा शंखरापुर पोलिटेक्निक ईन्स्टिच्युट साँखुमा आयोजित सहजकर्ता तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

साक्षर शंखरापुर अभियान २०७६ निरन्तर शिक्षा तथा साक्षरता कक्षा सञ्चालनका लागि सो तालिमको आयोजना गरिएको हो।

नगर प्रमुख सुवर्ण श्रेष्ठ र प्रदेश नं. ३ का शिक्षा विकास निर्देशक चन्द्र प्रसाद लुइँटेलद्वारा संयुक्तरूपमा  सो तालिम उद्घाटन गरेका हुन्।
सो तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ, उप-प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ,प्रदेश नं. ३ का शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइँटेल,शिक्षा शाखा प्रमुख बौधराज निरौला र शिक्षा अधिकृत कमला पोखरेल लगायतका उपस्थिति रहेको थियो।
शंखरापुर नगरपालिकाको कुल जनसंख्याको ४.८१% जनसंख्या निरक्षर रहेकोमा दुई महिनासम्म नगरका सम्पूर्ण वडामा २० वटा भन्दा बढी साक्षरता कक्षा सञ्चालन गरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने तयारी रहेको छ।
तपाइँको प्रतिक्रिया ।