मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी घुससहित पक्राउ

मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी घुससहित पक्राउ

कपन अनलाइन

काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरको  कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई घुसबापत लिएको ४० हजार रुपैयाँसहित आयोगको टोलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उनीहरुले घुस माग गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट टोलीले उनीहरुलाई कार्यालय परिसरबाट  मंगलबार नियन्त्रणमा लिएको हो ।

घटना बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।