लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले बृहत रक्तदान सहितका कार्यक्रम आयोजना गर्दै

लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले बृहत रक्तदान सहितका कार्यक्रम आयोजना गर्दै

कपन अनलाइन

काठमाडौं मंगसिर १७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं  लिडरशिप फर चेन्जले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार नेपाल रेड क्रस सोसाईटीको प्राबिधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं  लिडरशिप फर चेन्ज सहित लायन्स क्लब अफ काठमाडौं सिम्रिक लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्ट र प्राक्सिस इन्टरनेसल एकेडेमीले संयुक्त रुपमा मंगसिर २१ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

चाबहिल चुच्चेपाटी स्थित कुमारी बैक नजिक रहेको प्राक्सिस इन्टरनेसल एकेडेमीमा बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म चल्ने उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्नको लागि लायन्स क्लब अफ काठमाडौं  लिडरशिप फर चेन्जका प्रेसिडेन्ट राजन श्रेष्ठले सबैलाई अनुरोध गरेका छन्। २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार त्यसै अनुरुप लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज, युथ फर डेभलपमेन्ट र सिम्रिक ले बिभिन्न सामाजिक क्रियाकलाप संचालन गर्ने भएको हो  ।

जस अनुरुप मंगसिर १९ गते बिहिबार  बुढानिलकण्ठ १२ मा संचालित पायोनियर पब्लिक स्कुलमा  चाइल्ड क्यान्सर अवेरनेस कार्यक्रम बिहान १० बजे बाट संचालन गर्न लागिएको छ । त्यसैगरि मंगसिर २० गते शुक्रबार ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलस्थित सुनौलो पाइला संस्थामा आश्रय लिईरहेका अनाथ बालबालिकाहरुलाई भोजन गराउने कार्यक्रम समेत आयोजना गर्न लागिएको आयोजकले कपन अनलाइनलाइ जानकारी गराए ।लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं  लिडरशिप फर चेन्ज लगायतले  सक्रिय भूमिका खेल्दै आएको छ  ।

तपाइँको प्रतिक्रिया ।