सक्रिय प्रदेस सभा सदस्य दिपक निरौला
कपन अनलाइन
काठमाडौं ,मंसिर १७।
काठमाडौ क्षेत्र नं ५ प्रदेश ख का प्रदेशसभा सदस्य दिपक निरौला अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गतिविधिहरूमा सक्रिय रहेका छन्।
काठमाडौ क्षेत्र नम्बर ५ मा रहेको उनको क्षेत्रमा बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका विभिन्न वडाहरुका भौतिक विकास तथा अन्य सामाजिक विकासका अभियानहरु पनि संचालन गर्दै आएका छन ।
केही समयअगाडि काठमाडौंमा नगरपालिका वडा नम्बर३ मा रहेको कान्तिबाल अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काठमाडौंमा नगरपालिका र अस्पताल विच उपप्रधानमन्त्री ईश्वर पोखरेल रोहवरमा हस्ताक्षर गराउन पहल गरेका सांसद निरौलाले अहिले आफ्नो क्षेत्रमा भौतिक निर्माणका साथै अन्य युवा तथा खेलकुद सम्बन्धि अभियान पनि संचालन गर्दै आएका छन ।
प्रदेश नम्बर ३ संसदीय दलका पूर्व सचेतक समेत रहेका सांसद निरौलाले अहिले पनि बुढानिलकण्ठ तथा टोखा नगरपालिकाहरुका गतिविधिहरुमा सक्रिय बन्दै काठमाडौको क्षेत्र नम्बर ५ मा रहेको आफ्नो क्षेत्रमा जनतासँग निरन्तर संवाद गर्दै जनप्रतिनिधिहरु सँग समन्वय गरेर विकासनिर्माण योजनाहरूको अनुगमन निरन्तर गर्दै आएका छन
बुढानीलकण्ठ तथा टोखा नगरपालिकाको उत्तरी भेगलाई पर्यटकीय केन्द्र बनाउने अभियान सञ्चालन गरेका निरौलाले आफ्नो क्षेत्रमा पर्ने सास्कृतिक स्थलहरूको प्रवर्द्धनमा पनि विशेष योजना निर्माण गरेर पदयात्रा तथा छलफल संचालन गरिरहेका छन ।
सांसद निरौलाले पर्यटन संस्कृति शिक्षा र भौतिक निर्माणलाई सँगै लैजानुपर्ने बताउँदै आएका छन् र सोही अनुसार पदयात्रा ,छलफल गोष्ठी ,अन्तरक्रिया जस्ताकार्यक्रमलाई प्राथमिकतामा राखेका छन।
सातौ चरण सम्म पर्यटन प्रवर्धन पदयात्राको संयोजन गरेका निरौलालले साहित्य क्षेत्रको लागि कावे सम्मेलन पनि आयोजना गरेका छन भने नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि अन्तरक्रिया गर्ने जानकारी गराएका छन ।
त्यस्तै मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष समेत रहेका उनले सो संस्था मार्फत काठमाडौं जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको क्षेमता अभिवृद्धिका लागि प्रशिक्षण तथा गोष्ठीहरु विभिन्न चरणमा संचालन गर्दै आएका छन।
आफ्नो क्षेत्र विकास कोषको बजेट बाट विभिन्न पूर्वाधार निर्माणको काम गरिरहेका सांसद निरौलाले काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल संगको समन्वयमा आफ्नो क्षेत्रमा ठुला निर्माणका योजना पनि अगाडी सारेका छन ।