गजुरी गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम प्रदान

गजुरी गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम प्रदान

कपन अनलाइन

धादिङ, मंसीर १६ । धादिङ गजुरी गाउँपालिकाले आव ०७६/७७ मा उपभोक्ता समितिबाट गरिने कामका लागि उपभोक्ता समिति गठन गरेको छ ।

उपभोक्ता समिति गठन भएलगत्तै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष पदाधिकारी हरूलाई उनीहरूको काम कर्तव्य तथा जिम्मेवारीको बारेमा पढाइएको छ ।
उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्भौक्ता गर्दा आवश्यक पर्ने कागजात, बैंक खाता सञ्चालन तथा चेक प्रयोग, खर्चको बिल भरपाई राख्ने तरिका, स्टिमेट र सोअनुसारको कार्य सम्पादन, सामाजिक लेखा परीक्षण र भुक्तानी लिने तरिकाको विषयमा पढाको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताए । आइतबार भएको उपभोक्ता समितिका पदाधिकारीका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरणमा वडा नं. ७ र ८ का उपभोक्ता पदाधिकारीले योजना कार्यान्वयनमा पारदर्शिता र योजनाको दिगोपनामा ध्यान दिन गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।
योजनाको स्टिमेटअनुसार काम गर्ने स्टिमेट परिर्वतन गर्नुपर्ने गाउँपालिकाबाट पूर्वस्वीकृत लिनुपर्ने र पदाधिकारी मात्रै होइन उपभोक्ता समितिका सदस्यलाई पनि साथमा लिएका काम गर्न पदाधिकारीलाई सुझाए ।

साना साना योजना निमार्णबाट सुखी गजुरीवासी समृद्ध गजुरी हुने भएकाले उपभोक्ता समितिका सबै पदाधिकारी तथा सदस्य समृद्ध गजुरी निर्माण गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष बस्नेतले बताए ।

तपाइँको प्रतिक्रिया ।