१३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा चञ्चलालाई रजत पदक

१३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा चञ्चलालाई रजत पदक

कपन अनलाइन

काठमाडौं, मंसिर १६ । नेपालकी चञ्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ लेपराजित भइन् । यस अघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउदै चञ्चला फाइनलमा प्रबेश गरेकी हुन् । सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकाी हेटशीआराची लागेले काश्य पदक जितिन् ।

तपाइँको प्रतिक्रिया ।