घोराही–१६ मा नेपाली काँग्रेस विजयी
कपनअनलाइन
दाङ, मंसिर १५ । दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी विजयी भएका छन् ।
आफ्नो निकटतम प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका सुरेश बहादुर केसीलाई हराउँदै उनी विजयी भएका हुन् । १२ सय २२ मतका साथ डागी विजयी बन्दा केसीले मात्र ११ सय १७ मत ल्याए ।
त्यस्तै नेकपाबाट टिकट नपाएर स्वतन्त्र उठेका जगलाल थारुले ७२० मत ल्याएका छन् ।
वडामा कूल खसेको ३ हजार २ सय २६ मत खसेको थियो ।
तपाइँको प्रतिक्रिया ।