नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को सम्पर्क कार्यालय उद्घाटन

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) को सम्पर्क कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाडौं, मंसिर १५। नेपाली कांग्रेस क्षेत्रिय कर्यसमिति क्षेत्र नं ४ (ख)काठमाडौं सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम  सम्पन्न भएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का बिनोद चालिसेको सभाध्यक्षता तथा सङ्घीय संसाद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (ख) का संघीय सांसद दिब्यमणि राज भण्डारी, प्रदेश सांसद न्हुच्छे नारायाण श्रेष्ठको विशिष्ट आतिथ्यतामा सो उद्घाटन कार्यक्रम  सम्पन्न भएको हो ।

उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तकहरुको बाक्लो उपस्थिथिति रहेको थियो ।

उक्त अबसरमा प्रमुख अतिथि गगन कुमार थापाले शुभकामना दिनुका साथै कार्यक्रमको प्रभाबकारी ब्यबस्थापनमा समेत जोड दिएका थिए।

सो कार्यक्रममा संघीय सांसद दिब्यमणि राज भण्डारी तथा प्रदेश सांसद न्हुच्छे नारयण श्रेष्ठ समेतले शुभकामना दिएका थिए।

उक्त कार्यक्रमका सभाध्यक्ष  बिनोद चालिसेले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसै कार्यालय मार्फत विकास निर्माण तथा सामाजिक गतिबिधिमा नयाँ कार्य योजना अनुसार अघि बढ्ने जानकारी दिदै कार्यक्रम समापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।