हिमालयलाई उपाधि

हिमालयलाई उपाधि

कपनअनलाइन

काठमाडौं,मंसिर ११  । आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार च्याम्पियन बनेको छ । हिमालयले ज्ञान निकेतनलाई ३९–३५ ले पराजित गर्यो । हिमालयका रुबन कार्कीले २२ अंक जोडे ।
प्लस टु ब्वाइज फाइनलमा ट्रिनिटीले ज्ञान निकेतनलाई ६१–४७ ले हराउदै उपाधि जित्यो । विजेताका किरण कँडेलले २३ स्कोर गरे । जुनियर गल्र्समा रातो बंगलाले त्रिज्योतिलाई २९–२८ ले पाखा लगाउदै पहिलो भयो । त्रिज्योतिकी नुर प्रधानले १२ अंक जोडिन् ।
सिनियर ब्वाइजमा ग्रामर पहिलो भयो । फाइनलमा ग्रामरले त्रिज्योतिलाई ६५–४५ ले पन्छायो । ग्रामरका आर्यन मल्लले २८ अंक बटुले । प्लस टु गल्र्सको उपाधि न्यु भिजनले जित्यो । उपाधि भिडन्तमा न्यु भिजनले आयोजक हिमालयमाथि ३०–२८ को कठिन जित दर्ता गर्यो ।

तपाइँको प्रतिक्रिया ।