टोखा नगरपालिकाद्वारा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत टोखामा नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपनअनलाइन
काठमाडौं, मंसिर ११ । टोखा नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत टोखामा नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेको उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु जोग प्रसाद नेपाल, जगन्नाथ ढकाल, महेश्वर केसी, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे, उर्मिला बिश्वक्रर्मा, शोभा तामाङ, नगर सदस्य रामभक्त घिमिरे लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा महिला हक अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रमलाई संबोधन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाका महिलाहरुको हक अधिकार सुनिश्चित गर्न सक्रिय भएर लागेको बताउदै महिला हिंसा मात्र नभएर पुरुष पनि हिंसाबाट पिडित हुने गरेकोले महिला र पुरुष दुबैले हिंसा नहुने गरी मिलेर कार्य गर्नुपर्ने बताएका थिए । महिला र पुरुष समान भएको बताउदै महिला र पुरुष दुबै माथि विभेद गर्न नहुने बताएका थिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र ओरेकका प्राबिधिक सल्लाहकार बाबुराम गौतमले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका बारेमा प्रशिक्षण दिएका थिए ।
समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यवद्धता भन्ने मूल नाराका साथ सो कार्यक्रम सम्पन्न भएको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिए ।
टोखा नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हरेक दिन सरोकारवालाहरुबीच छलफल कार्यक्रम आयोजना गर्ने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन् ।
फोटो सौजन्य:स्थनीय सरोकार.कम