बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ
कपनअनलाइन
ललितपुर,मंसिर ११ । बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जन रहेका छन ।
उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्धामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।
महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।