बिकाशका लागि शान्ति अभियान संस्थाद्वारा श्री बैर महादेव आधारभूत बिधालयका विधार्थीहरुलाई पोशाक वितरण
कपन अनलाइन
काठमाडौं, मंसिर २ । बिकाशका लागि शान्ति अभियान संस्थाले शंखरापुर नगरपालिका वडा नं. ४ स्थित श्री बैर महादेव आधारभूत बिधालयका विधार्थीहरुलाई बिधालय पोशाक वितरण गरेको छ ।
संस्थाकि अध्यक्ष मिना श्रेष्ठको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर तामांग, बिधालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर तामांग, बिधालयका प्रधानाध्यापक राघव कुमार झा , समुन्नत महिला मंचकि अध्यक्ष सोमा खत्री, महिला हकहित संस्थाकी अध्यक्ष अनिता चौलागाई, बिकाशका लागि शान्ति अभियान संस्थाकि उपाध्यक्ष निलम राई, सचिव भवलक्ष्मी श्रेष्ठ, सिता भट्टराई, लक्ष्मी बस्नेत, रजु गुरुङ लगायत बिधालयका विधार्थीहरु, अभिभावक र शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा करिव १०० जना विधार्थीहरुको बिधालय पोशाक शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर तामांगलाई हस्तान्तरण गरिएको थियो भने सन्तोषी मानन्धरले सहयोग गरेको कपि कलम लगायतका स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो।
उक्त कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर तामांगले आफ्नो वडामा रहेको बिधालयलाईस सहयोग गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे भने बिधालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर तामांग, बिधालयका प्रधानाध्यापक राघव कुमार झाले आगामी दिनमा पनि सहयोको अपेक्षा गरेको र संस्थाले गरेको सहयोगको आफुहरु आभारी रहेको बताए ।
गत बैशाखमा पनि उक्त बिधालयका विधार्थीहरुलाई झोला वितरण गरेको बिकाशका लागि शान्ति अभियान संस्थाले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य सम्वन्धि बिधालयमा कार्यक्रम गर्ने संस्थाकि अध्यक्ष मिना श्रेष्ठले बताइन ।
विधार्थीहरुलाई बिधालय पोशाक वितरण कार्यक्रम संचालन बिधालय शिक्षक गोबिन्द ओझाले गरेका थिए ।