गोकर्णेश्वर नगरपालिका ३ गाम्चामा नयाँ बस्ती टोल सुधार समितिको उद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका ३ गाम्चामा नयाँ बस्ती टोल सुधार समितिको उद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं कार्तिक २४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा गाम्चामा नयाँ बस्ती टोल सुधार समितिको उद्घाटन तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, गोकर्णेश्वर नगरपालिका वडा नं ३ कि वडा सदस्य लक्ष्मी भण्डारी, नेपाल दलित संघ काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सचिब कमल परियार,  समाज सेवी रोशन बाबु श्रेष्ठ लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता राजु नगरकोटीले गरेका थिए भने कार्यक्रम संचालन रोनी केसी ले गरेकी थिइन् ।

राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले रिबन काटेर उक्त नयाँबस्ति टोल सुधार समितिको उद्घाटन गरेका थिए ।कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रममा स्थानीय ले सो क्षेत्रमा बाटो र खानेपानी को समस्या रहेको हुँदा सो समस्या समाधान को लागि पहल गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले काठमाडौं जिल्लाको उत्तरी भेगको लुकेको गाउँ बिकासको गति बढाउने प्रतिबद्धता जनाएका थिए। उनले सो क्षेत्रमा रहेको खाने पानी र बाटोको लागि पनि नगरपालिकाले सकारात्मक सहयोग गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।