भारतले जारी गरेको नक्साको बिरोध गर्दै जोरपाटीमा प्रदर्शन

भारतले जारी गरेको नक्साको बिरोध गर्दै जोरपाटीमा  प्रदर्शन

कपन अनलाइन

काठमाडौं कार्तिक २४। नेपाली भूमि लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बिरोधमा जोरपाटीमा  शनिबार बिरोध प्रदर्शन भएको छ ।नया बस्ति युवा क्लब , जोरपाटी युवा क्लब, अत्तरखेल युवा समाज नारायणटार युवा क्लब बेशिगाउ युवा समाज छहारी युवा क्लब लगायतको संयुक्त आयोजनामा जोरपाटी चोकमा बिरोध प्रदर्शन गरेका हुन्। भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको लिपुलेक कालापानी  नेपाली भूमि भएको भन्दै भूमि माथिको बाह्य हस्तक्षप स्वीकार्य नहुने बिरोधमा सहभागीहरुले बताएका थिए।

जोरपाटी चोक बाट सुरु भएको बिरोध र्‍याली बिभिन्न स्थान परिक्रमा गरि पुन जोरपाटी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । गो ब्याक इन्डिया , भारतिय बिस्तारवाद मुर्दाबाद , हाम्रो जमिन फिर्ता गर जस्ता भारत बिरोधि नारा र प्लेकार्ड सहित बिरोध गरिएको थियो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, साहित्यकार गोबिन्द घिमिरे (बेदमणि )कार्यक्रम संयोजक श्री बहादुर योगी लगायत बिभिन्न ब्यक्तिहरुले भारतले आफ्नो निजि स्वार्थको निम्ति आफ्नो नयाँ नक्सामा नेपालको  भुभाग समाबेश गरेकोमा बिरोध गरेका थिए।

उनीहरुले  एउटा छिमेकीले अर्को छिमेकीलाई यो किसिमको ब्यवहार नगर्न र अन्य छिमेकी राष्ट्रबाट भारतले सिक्नु पर्ने समेत बताएका थिए ।नेपालीहरु आफ्नो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार रहेको बताएका थिए ।भारतले आफ्नो नयाँ नक्सामा नेपालको  भुभाग लाई स्वार्थपुर्ण ढंगले समाबेश गरेको छ त्यो तुरुन्तै सच्याउनु पर्ने माग गरेका थिए  ।नसच्याए देशका युवा तथा सम्पुर्ण नागरिकले यसको प्रतिबाद गर्नुपर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।