दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भिजनलाई स्वर्ण

दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भिजनलाई स्वर्ण

कपनअनलाइन

काठमाडौं, कार्तिक २४। नेपाली तेक्वान्दो खेलाडी भिजन तामाङले दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

भिजनले ११ वर्षमुनि पुरुष २५ केजी तौलसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका टोली नेता अशोक खड्काले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा निर्णायकको समेत भुमिका निर्वाह खड्का उत्कृष्ट निर्णायक समेत घोषित भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।