काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उत्तर कोरियाको प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमबीच शिष्टाचार भेट

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उत्तर कोरियाको प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमबीच शिष्टाचार भेट

कपनअनलाइन

काठमाडौं,कार्तिक २२ । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग उत्तर कोरियाको प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमले शिष्टाचार भेट गरेका छन् । एक हप्ता लामो भ्रमणका लागि ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार (कार्तिक २१) काठमाडौं आएका रिमले आएकै दिन साँझ मेयर शाक्यसँग भेट गरेका हुन् ।

भेटका क्रममा मेयर शाक्यले प्योङ्याङ्सँग भगिनी सम्बन्ध स्थापना गर्ने समयमा उत्तर कोरिया पुगेको स्मरण गर्दै, त्यस यता सक्रिय सम्बाद नभएको दुई नगरबीच यस बर्षको इन्द्रजात्राले सम्बाद शुरुगराएको बताए । गएको इन्द्रजात्रामा यहाँहरु आउन नसकेता पनि  आउँदो बर्षको जात्रामा यहाँहरु आउनुहुने आफुले आश गरेको बताए । आपसी सहयोगका बिषयमा कुरा गर्दै मेयर शाक्यले  आवश्यकता अनुसार आउँदा दिनमा प्योङ्याङ्ले सहरी सेवा व्यवस्थापनका लागि प्रबिधिमा सहयोग गर्न सक्ने बताए ।

त्यस क्रममा बोल्दै प्योङ्याङ्का मेयर रिमले भने भगिनी सम्बन्ध स्थापना भएदेखिकै पहिलो भ्रमण भएकोले काठमाडौं नगर, यहाँको बिकास र जनताका आवश्यकताका बारे परिचित हुनु अहिलेको भ्रमणको उद्देश्य रहेको बताए । हामी शान्ति र काठमाडौंसँगको आत्मीय सम्बन्ध चाहन्छौं । यस कोणबाट काठमाडौंको भ्रमण हाम्रा लागि उपलब्धीमुलक हुने , रिमको भनाइ थियो ।

प्रतिनिधि मण्डलमा २ जना डिस्ट्रिक्ट चेयरम्यानसहित नगरका उच्च अधिकारी र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु छन् । शिष्टाचार भेटका क्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ् मान पनि सहभागी थिए । प्रतिनिधिमण्डल कार्तिक २६ गते स्वदेश फर्किने छन् ।

शिष्टाचार भेटपछि प्रतिनिधिमण्डलको सम्मानमा रात्री भोजको आयोजना गरिएको थियो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कार्यपालिका सदस्यहरु, समितिका पदाधिकारीहरु तथा बिभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

उत्तर कोरियाको प्योङ्याङ् नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रममा सन् २००१ मा काठमाडौं नगरको प्रतिनिधि मण्डल त्यसतर्फ गएको थियो । त्यसको १ बर्ष पछि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला महानगरको प्रमुख केशव स्थापित थिए ।

फोटो सौजन्य: काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।