नागरिक लगानी कोषमा कर्मचारी माग

नागरिक लगानी कोषमा कर्मचारी माग

कपनअनलाइन

काठमाडौं,कार्तिक २२।नागरिक लगानी कोषले अधिकृतदेखि अपरेटरसम्मका विभिन्न पदमा कर्मचारीको माग गरेको छ । नागरिक लगानी कोषले लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

कोषले शुक्रबार एक सूचना जारी , खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि चौथों तह सहायक पददेखि छैठौँ तह अधिकृतको पदमा १२ वटा पदमा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र अर्को ७ दिनभित्र दोब्वर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।